🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जीवन धारा : जस्तो चिन्तन त्यस्तै नियति 

नदीको किनारमा एउटी वेश्याको महल थियो । त्यही नदीको अर्को किनारमा एक जना साधुवावा कुटी बनाएर बसेका थिए । वेश्याको महलमा थरीथरीका मानिसहरू दिनरात आउने, जाने गर्दथे । महात्मा जव जव वेश्यालाई देख्दथे, तव तव उनी सोच्दथे, यो आईमाई कति पापीनी छे, कति नराम्रो काम गर्दछे ।

यसै गरी जव विहानै वेश्या उठ्थी र उसको आँखामा महात्माको कुटी पर्दथ्यो, तव मनमनै सोच्दथी, आहा ! कस्तो पवित्र जीवन । महात्माले एकान्तमा भजन गरेर आफ्नो जीवन बाँच्न सफल बनाए तर भगवान ! म पतित भएँ ।

के कहिले म ती महात्माको जस्तो जीवन बाँच्न सकुँली ?  मलाई पनि भगवानको भजन गर्ने अवसर मिल्ला ? कालान्तरमा दुवै जनाको मृत्यु भयो । दुवै जना यमराजको सामुन्नेमा पुगे । त्यहाँ पनि महात्माले वेश्यालाई देख्नासाथै मनमनै वेश्यालाई गाली गर्न थाले ।

यमदूतहरूले महात्मालाई समातेर नर्कमा जाकी दिए । वेश्या भने त्यहाँ पनि महात्मा जस्तै बन्ने कामना गरिराखेकी थिई । महात्माको जप्तप्बाट प्रभावित भै राखेकी थिई । महात्माको जीवनलाई धन्य मानी राखेकी थिई । यमदूतहरूले वेश्यालाई स्वर्ग पठाई दिए । मानिस जस्तो चिन्तन गर्दछ, त्यस्तै नियतिलाई भोग्दछ ।