🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 महानगरको निर्माणमा ढिलाइ भएपछि ठेकेदारलाई निर्देशन

विराटनगर, ५ असार   : विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले व्यापारिक मार्ग विस्तार आयोजना छ लेनको काममा भइरहेको ढिलासुस्तीले विराटनगरमा डुबान समस्या हुनसक्नेमा चिन्ता व्यक्त गरेको छ । 

विराटनगर महानगरभित्र निर्माण भइरहेको आयोजनाअन्तर्गत बनेका सडक र नालीको असार ४ गते सोमबार गरिएको अनुगमनका क्रममा उनले यस्तो चिन्ता व्यक्त गरेका हुन्  । 

आयोजनाले बनाएका सडक र नालीसँग जोडिएका सबै शाखा बाटा क्लियर नहुँदा पानी जम्ने र विराटनगर जलाशयमा परिणत हुने खतरा बढेको छ । वर्षातको  समय नजिकिँदै जाँदा उत्पन्न समस्या समाधानका लागि उचित विकल्प निकाल्न आवश्यक भएकाले अनुगमन गरिएको प्रमुख पराजुलीले जानकारी दिए  । 

उनले वर्षातको  समयअगावै निर्माणाधीन सडकको काम सम्पन्न गर्न र अवरोध आएका नाला तत्काल सफा गर्न सम्बन्धित ठेकेदारलाई निर्देशन दिएका हुन्   । 

विभिन्न स्थानमा विकास निर्माणका क्रममा उत्पन्न समस्याप्रति नगरवासीले अत्यधिक चिन्ता लिन थालेपछि प्रमुख पराजुलीले अनुगमन कार्यलाई तीव्रता दिएका हुन् । 

प्रमुख पराजुलीले विराटनगर महानगरपालिकाअन्तर्गत दूधफार्म, आयल निगम, कञ्चनबारी, बरगाछी र मुनालपथमा भइरहेका निर्माण कार्यको स्थलगत निरीक्षण गरेका छन्  भने अनुगमनमा सम्बन्धित कम्पनीका ठेकेदार, प्रदेशसभा सदस्य केदार कार्की तथा वडाअध्यक्ष विनोद बस्नेत र प्राविधिकलगायतको सहभागिता थियो । 
–––