🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

९ वर्षपछि फरार अभियुक्त पक्राउ 

भक्तपुर । सवारी ज्यान मुद्दाका एक फरार अभियुक्त पक्राउ परेका छन् । सवारी ज्यान मुद्दाका फरार एकजना अभियुक्तलाई नौ बर्षपछि पक्राउ गरेको भक्तपुर प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार २०७० जेठ २७ गते दिउँंसो ४ बजे भक्तपुरको मध्यपुर थिमि नगरपालिका–१५ चारदोबाटोस्थित ऊँ हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को बा. ३ च. ५२७५ नम्बरको एम्बुलेन्सले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्कीका  ६७ वर्षीय शिवशरण रेग्मीको मृत्यु भएको थियो । 

घटनापछि एम्बुलेन्स चालक सिन्धुपाल्चोक सुनकोशी गाँउपालिका–१ का ४२ वर्षीय इमबहादुर कार्की फरार रहेका थिए । उनलाई पक्राउ गरी  प्रहरी वृत्त ठिमी भक्तपुरमा राखेर थप अनुसन्धान गरिरहेका भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले जानकारी दिए ।