🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बेथिति बढाउन सिंहदरबार प्रवेश खुल्ला गर्ने ? : सुरक्षा चुनौती, पार्किंङ र शौचालयको समस्या  

काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारले सर्वसाधारण नागरिकलाई सिंहदरवार प्रवेशमा खुल्ला गर्ने विषयमा छलफल गर्ने बताएको छ । अझ गृह मन्त्री रवि लामिछानेले सर्वसाधारणका लागि सिंहदरवार प्रवेशलाई खुल्ला गर्ने घोषणा गरेका छन् । सर्वसाधारणले सिंहदरवार कस्तो छ भन्ने हेर्न पाउनुपर्ने भन्दै वर्तमान सरकारले यो विषयमा छिट्टै निर्णय गर्ने भनेर सरकारले लोकप्रियताको खपत बढाउन खोजेको थियो ।

प्रधानमन्त्री र गृहमन्त्रीले त्यसो भनिरहँदा मन्त्री लामिछाने आफूले सम्हालेको गृह मन्त्रालयमा प्रवेश गर्न भने निकै कठिन रहेको छ । सरकारी कर्मचारी बाहेक अरु सर्वसाधारणले गृह मन्त्रालयको मूल ढोकाबाट प्रवेश पाउन निकै सास्ती खेप्नु परेको गुनासो रहेको छ । अरु त अरु पत्रकारहरुलाई समेत कुन शाखामा कसलाई भेट्ने हो, सो खुलाएर सम्वन्धित व्यक्तिले स्वीकृति नदिएसम्म भित्र प्रवेश गर्न सकिने अवस्था छैन । सम्वन्धित शाखा प्रमुखले प्रवेशका लागि अनुमति दिनु भनेपछि मात्र सुरक्षार्थ खटिएका प्रहरीले मन्त्रालयमा प्रवेश गर्न दिन्छन् । अन्य मन्त्रालयमा भने मूल गेटबाट प्रवेश गरेपछि सजिलै भित्र पस्न पाइन्छ । 

 गृह मन्त्री लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी सम्हालेको २०७९ माघ ११ गते बुधवार ठ्याक्कै एक महिना पुग्छ । आफ्नो मन्त्रालयमा सहज प्रवेशको नियम बसाउन नसकेका मन्त्री लामिछानेले मूल गेट खुल्ला गर्ने कुरा गर्नुलाई हास्यास्पद भएको सर्वसाधारणले बताइएका छन । कुनै पनि निर्णय गर्दा त्यसको प्रभावबारे अध्ययन गरेर मात्र गर्नु बुद्धिमानी हुने जानकारहरुको तर्क रहेको छ । अहिले पनि मन्त्री भएकाहरुलाई बधाई दिन मूल गेटमा पार्टीका नेता, कार्यकर्ता र समर्थकहरुको भिडभाड रहेको देखिन्छ । भित्र प्रवेशका लागि उनीहरुले मन्त्रालयले पास नपठाएरसम्म प्रवेश पाउन सकिरहेका छैनन । एक त नीति बनाउने निकायमा सर्वसाधारणको भीडभाड के का लागि भन्दै कर्मचारीहरुले विरोध जनाउँदै आएका छन । तर, प्रधानमन्त्री दाहाल र गृह मन्त्री लामिछानेले भने मूल गेटबाट सर्वसाधारणलाई खुल्ला रुपमा प्रवेश गराउने विषयमा छलफल अगाडि बढाउने भन्दै गफ दिएका छन ।

  यदि यो नियम लागू भएर मूल गेट खुला गर्ने भने मन्त्रालयमा आगन्तुकको चाप बढेर कर्मचारीहरुलाई काम गर्न कठिनाइ हुने अधिकांश मन्त्रालयका सचिव, सहचिव र अधिकृतस्तरका कर्मचारीले गुनासो गरेका छन् । यो निर्णय लागु गर्नु अघि पुनर्विचार गर्न पनि उनीहरुले सरकारलाई सुझाएका छन । सुरक्षित रहनु पर्ने संघीय सरकारको प्रशासनिक निकायमा जोसुकै व्यक्तिले सजिलै प्रवेश पाएको खण्डमा फोटो खिच्ने र सवारी साधन पार्किङ गर्नेको लाइन लाग्ने हुनाले व्यवस्थापन गर्न कठिनाइ हुने भन्दै बिना अध्ययन लोकप्रिय हुने नाममा यस्तो कार्य सरकारले हतारमा गर्न नहुने तर्क उनीहरुको रहेको छ । साथै स्थायी सरकार मानिएको कर्मचारी प्रशासनसँग सहकार्य नगरी यस्ता कार्य अगाडि नबढाउन कर्मचारीले गृह मन्त्री लामिछानेलाई सुझाव दिएको स्रोत बताउछ । 

तर, गृह मन्त्री लामिछानेले आफूले बोलेको विषय फिर्ता नगर्ने संकेत गरेको स्रोत बताउछ । यदि यो नियम लागु गरियो भने पनि धेरै दिन यो निर्णय टिक्न नसक्ने सामान्य प्रशासन मन्त्रालय स्रोत बताउछ । यो निर्णय लागु भएको खण्डमा मन्त्रालय परिसरमा सवारी साधन पार्किंट्टको समस्या, शौचालयको समस्या र मन्त्रालयका हातभित्र रहेका फलफूल, बगैंचा, बोट विरुवा जोगाउनसमेत समस्या हुने बताइएको छ । सर्वसाधारणको भिडभाडले सिंहदरवार भित्रको बगैंचा, हराभरा केही दिनभित्रै समाप्त हुने र धेरथोर भएको सौन्दर्यसमेत बिग्रिने अनुमान  गरिएको छ । यसले मन्त्रालय आउने विदेशी पाउना र अन्य आगन्तुले हाम्रो संस्कार र संस्कृति कस्तो छ भनेर देखाउन लायक नहुने हुनाले यो निर्णय कार्यान्यन गर्न नहुने बताइएको छ ।

 
०७४ फागुनमा अर्थ मन्त्री डा. युवराज खतिवडाले अर्थ मन्त्रालयको बागडोर सम्हालेपछि उनले पनि बाह्य व्यक्तिलाई मन्त्रालय प्रवेशमा रोक लगाएका थिए । पछि उनी मन्त्रालयबाट बाहिरिए लगत्तै खुल्ला गरिएको थियो । यसअघि दुई पटक कार्यालय समय बिहान ९ देखि ५ र आइतवार बिदा दिने गरी सरकारी निर्णय गरिएको भएपनि  लामो समय टिक्ने सकेन । 
सुरक्षाका कारणले विश्वको कुनै पनि मुलुकमा राज्यको केन्द्रीय सचिवालयमा सर्वसाधारण मात्रै होइन, पत्रकारलाई समेत अनुमति विना प्रवेश गर्न दिइँदैन । प्रवेश गर्दा पनि जुन मन्त्रालयमा जाने हो, त्यो मन्त्रालय बाहेक अन्य मन्त्रालयमा प्रवेश गर्ने अनुमति हुन्न । बेथिति र अव्यवस्थाको हाम्रो  सिंहदरवार सर्वसाधारणको लागि खुल्ला गर्ने सरकारी योजनाले कस्तो रुप लिने हो प्रतिक्षाको विषय भएको छ ।