🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अफगानिस्तानको विदेश मन्त्रालयबाहिर आत्मघाती हमला, २० जना हताहत

काबलु, २८ माघ । अफगानिस्तानको काबुलस्थित विदेश मन्त्रालय बाहिर आत्मघाती बम हमला हुँदा कम्तीमा २० जनाको हताहति भएको छ ।  आक्रमण स्थलनजिक  टर्की र चीनलगायत धेरै देशका दूतावास छन् ।

इस्लामिक स्टेट समूहको स्थानीय शाखा इस्लामिक स्टेट– खोरासान प्रान्त (आईएस–के) ले टेलिग्राममा एक पोस्टमा आक्रमण गरेको दाबी गरेको छ ।

प्रहरीले कम्तीमा पाँच सर्वसाधारणको मृत्यु भएको बताएको छ तर तालिबानका अर्का एक अधिकारीले २० जनाको ज्यान गएको बताएका छन् । आक्रमणबारे तालिबान अधिकारीहरुले अनुसन्धान सुरु गरेका छन् ।

आक्रमणको समयमा चिनियाँ प्रतिनिधिमण्डलले परराष्ट्र मन्त्रालयको भवनभित्र अफगान अधिकारीहरूसँग वार्ता गर्ने कार्यक्रम थियो । आक्रमणमा कम्तीमा ४० जना घाइते भएका प्राप्त विवरणहरुमा जनाइएको छ ।

एजेन्सी