काठमाडाैं । २०७९ पुस २६ गते अभूतपूर्व रुपमा प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमाथि जति दबाब र नैतिक संकट सिर्जना भएको छ, त्यति नै दबाब र पेचिलो परिस्थिति राष्ट्रपति निर्वाचनमा पर्ने देखिएको छ ।
एमाले र माओवादीको सत्ता साझेदार दलहरुबीच हुने सहमति र उनीहरुको राजनीतिक चालबाजीमा राष्ट्रपति पद पर्ने संभावना देखिएको छ । उक्त पदमा कस्तो पात्र अगाडि सारिन्छ भन्ने आधारमा अबको राष्ट्रपतिमा कस्तो चालबाजी अपनाउँछन् दलहरुले ? भन्ने अनुमान गर्न सकिन्छ ।
सत्ता साझेदार दलहरुवीच एमालेले राष्ट्रपति पाउने सहमति रहेको छ । कांग्रेस अहिले प्रतिपक्षको सामान्य भूमिकालाई विर्सेर, लोकतन्त्रमाथि उपहास गरेर सत्ता लिप्सामा देखिनुको कारण पनि कतै राष्ट्रपति पाइहालिन्छ कि भन्ने लाेभमा परेकाे देखिन्छ ।
सादगी जीवन, विवादमा नतानिएकी, समाजसेवी, काठमाडौंको रैथाने नेवार समुदाय, बुद्धिष्ट समुदाय, महिलालागयतका कारणले मात्र होइन, एमालेकाे साख अझै बढाउन, पूर्वाग्रह पनि नदेखिने र आन्तरिक समीकरणका कारणले पनि अष्ट लक्ष्मी शाक्यलाई अगाडि सार्नुपर्ने तर्क एमालेका नेताहरूकाे रहेको छ ।
राष्ट्रपति र सभामुखमध्ये एउटा पद खुस्काउन सकिन्छ भन्ने रणनीतिमा कांग्रेस रहेकाे देखिन्छ । त्यसमा एमालेले राष्ट्रपतिमा दिने उम्मेवदारको अनुहार र व्यक्तित्वले पनि फरक पार्ने अवस्था छ । एमालेले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रका लागि समेत स्वीकार्य व्यक्तित्व राष्ट्रपतिका लागि अघि सार्न चुक्याे भने चाहिँ कांग्रेसले आफ्नो उम्मेदवार जिताउने गरी परिस्थिति अनुकूल बनाउन सक्ने अवस्था पनि छ ।
अहिले एमालेबाट राष्ट्रपतिमा वरिष्ठ नेतृ अष्टलक्ष्मी शाक्य, ईश्वर पोखरेल, सुवास नेम्वाङ, युवराज ज्ञवाली मात्रा होइन, डोरमणि पौडेल,गोमा देवकोटादेखि सीता पौडेलहरुको समेत नाम चर्चामा आइरहेका छन् । स्राेतका अनुसार, यी नाममा एमाले पार्टीभित्र धेरै छलफल भने भइसकेको छैन । पोखरेल, नेम्वाङले भने निकै दबाब बढाउन थालेकाे स्राेत बताउछ ।
यी नेताहरूले विभिन्न व्यक्ति परिचालन गरेर पार्टी कमिटी र अध्ययक्ष केपी ओलीलाई दबाब बढाउने गरी सक्रियता देखाएका छन् । एमालेभित्रै पोखरेल, नेम्वाङ यी दुई व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने पक्षमा पनि ठूलो पंक्ति रहेको छ । त्यसैले, पछिल्ला दिनमा निष्कलंक व्यक्तित्व अष्ट लक्ष्मी शाक्यको नाममा भने सहमति जुटाउनुपर्ने पंक्ति विस्तारित भएको छ ।
माले, एमालेको राजनीतिक जीवनमा सबैभन्दा बढी योगदान गर्ने संघर्षशील महिला नेतृमा पर्छिन शाक्य । काठमाडौंको रैथाने परिवारमा जन्मिएर संघर्षका लागि कम्युनिष्ट पार्टीमा लाग्नु र पञ्चायतकालमा भूमिगत भएर पार्टीमा लाग्न चानचुने कुरा थिएन ।
उनको त्यो योगदानको एमालेबाट कति कदर भयो ? वा पार्टीले कुन हदसम्मको न्याय गर्न सक्यो त्यो अर्को मूल्यांकनको विषय हो, तर एमालेभित्र सादगी जीवन र पदप्रति लोभ नभएको नेताका रुपमा नेतृ शाक्य चिनिन्छ ।
कतिसम्म भने अष्ट लक्ष्मी शाक्यले स्वघोषणा गरेर युवा पुस्ताका लागि चुनावमा पाएको टिकटसमेत अर्कोलाई दिइन् । आफ्नो कारण युवा पुस्ताका नेताहरुलाई बाटो छेकिनु हुन्न भनेर यो पटकको चुनावमा उनले टिकट लिन मानिन । र, नयाँ पुस्तालाई अगाडि सारिन ।
अहिलेसम्म कुनै विवादमा नपरेकी अष्ट लक्ष्मी शाक्य एमालेबाट मन्त्री र मुख्यमन्त्री पनि भइन् । तर, ती पद लामो समय काम गरेर क्षमता देखाउन पाउने गरी स्थायी भएनन् । त्यसले गर्दा उनले खासमा कस्तो काम गर्छिन भन्ने प्रष्ट त भएन तर ती पदमा पुगेर आर्थिक लाभ लिइन् वा विचौलियाको पक्षमा निर्णय लिइन भन्ने सुनिएको छैन ।
काठमाडौंको रैथाने नेवार समुदायमा जन्मिएकी शाक्य बुद्धिष्ट समुदायकी प्रिय नेतृ समेत हुन् । बुद्धिष्ट समुदायको नेतृको रुपमा शाक्य अन्तर्राष्टिय समुदायमा पनि परिचित छिन् । सादगी जीवन, विवादमा नतानिएकी, समाजसेवी, काठमाडौंको रैथाने नेवार समुदाय, बुद्धिष्ट समुदाय, महिलालागयतका कारणले मात्र होइन, एमालेकाे साख अझै बढाउन, पूर्वाग्रह पनि नदेखिने र आन्तरिक समीकरणका कारणले पनि अष्ट लक्ष्मी शाक्यलाई अगाडि सार्नुपर्ने तर्क एमालेका नेताहरूकाे रहेको छ ।
एमालेमा माधव नेपाल समूहको नेताका रुपमा रहेकी शाक्य पार्टी विभाजन भने नेपाल समूहमा नलागेर विभाजनविरूद्ध खम्बा बनेर एमाले जाेगाउन लागिन् । एमालेमै बसेकी अष्ट लक्ष्मी शाक्यलाई अगाडि बढाउँदा त्यसप्रतिको योगदानलाई पनि सहयोग पुग्ने विश्लेषण भइरहेको छ ।
१० बुँदेको नाममा एमालेभित्र भइरहेको त्यो परिस्थितिप्रतिको न्यायको रुपमा अष्ट लक्ष्मी शाक्यको राष्ट्रपतिकाे उम्मेदवारीकाे सन्दर्भमा हेर्नुपर्ने तर्क एमालेभित्र हुन थालेको छ । अष्ट लक्ष्मी शाक्यलाई राष्ट्रपतिकाे उम्मेदवारकाे रूपमा अघि सार्दा अहिलेसम्म जनजाति तर्फबाट राष्ट्रपति नभएको, राजधानी काठमाडाैं उपत्यकाले सम्मान समेत पाउने ।
अनि अष्ट लक्ष्मी शाक्यले जनजाति, महिला र आदिवासी समुदायको पनि प्रतिनिधित्व गर्ने भएकोले पनि उनको नाम एमालेभित्र विशेष रूपमा उठ्न थालेको स्राेत बताउछ ।



