🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दिल्लीमा भाजपाको चुनावी हार, आपको बहुमत

नयाँ दिल्ली, २१ मङ्सिर । दिल्लीको स्थानीय निकायमा लगातार १५ बर्ष देखिको नियन्त्रणलाई गुमाउँदै भारतीय जनता पाटी (भाजपा) को चुनावी हार हुने भएको छ । निर्वाचनमा आम आदमी पार्टीको बहुमत आउने स्पष्ट सङ्केत देखिएको छ ।

स्थानीय निकायको निर्वाचनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी (भाजपा) ले १५ वर्ष लगातारको तीन कार्यकालपछि बुधबार भएको दिल्लीको स्थानीय निकायको निर्वाचनमा हार बेहोरेको हो । हाल दिल्ली राज्यमा शासन गरिरहेको १० वर्ष पुरानो आम आदमी पार्टी (आप) ले दिल्ली नगर निगम (एमसीडी) को निर्वाचनमा बहुमत सीटमा विजयी भएको छ । यद्यपि पूर्ण नतिजा भने घोषणा भइसकेको छैन । 

कूल २५० सदस्यीय एमसीडी सदनमा आम आदमी पार्टीले १३४ सिट जितेको छ भने भाजपाका उम्मेदवारले १०४ वडामा विजय हासिल गरेका छन् । एमसीडीमा बहुमत सिट जितेपछि आम आदमी पार्टीले चाँडै नै दिल्लीको मेयर पदका लागि आफ्नो उम्मेदवार नियुक्त गर्ने अपेक्षा गरिएको छ ।  

पछिल्लो एक महिनामा राष्ट्रिय राजधानीमा आप र भाजपाबीच चर्को चुनावी प्रतिस्पर्धा देखिएको थियो । आपको मुख्य चुनावी प्रतिवद्धता दिल्लीका विभिन्न कुनामा बनेका फोहोरका थुप्राहरू हटाउने प्रयासहरूसहित दिल्लीलाई स्वच्छ र सफा शहर बनाउने रहेको थियो । 
–––
रासस / सिन्ह्वा