🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पर्वतबाट प्रतिनिधिसभा र प्रदेशसभा सबैमा एमाले विजयी

पर्वत, ८ मङ्सिर । प्रतिनिधिसभाका लागि एक निर्वाचन क्षेत्र रहेको पर्वतमा नेकपा (एमाले)ले विजयी हासिल गरेको छ ।

प्रतिनिधिसभा सदस्यमा एमालेका पदम गिरी निर्वाचित हुनुभएको छ । साथै, दुवै प्रदेशसभामा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय पर्वतका अनुसार प्रदेशसभा १ मा भक्त कुँवर र प्रदेशसभा २ मा मित्रलाल बस्याल विजयी हुनुभएको हो । 

कार्यालयका अनुसार प्रतिनिधिसभामा गिरीले नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीलाई दुई हजार दुई सय ६३ मतान्तरले पछाडि पार्दै विजयी हुनुभएको हो । गिरीले २९ हजार आठ सय ७२ मत प्राप्त गर्नुभएको छ । जोशीले २७ हजार छ सय नौ मत ल्याउनुभयो । 

प्रदेशसभा १ मा एमालेका भक्त कुँवरले नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुदीप कुँवरलाई पराजित गर्नुभयो । कुँवरले १६ हजार ८१ मत प्राप्त गर्दा प्रतिस्पर्धी ा माओवादी केन्द्रका उम्मेदवार कुँवरले १३ हजार सात सय ४२ मत प्राप्त गर्नुभयो । 

प्रदेशसभा २ मा एमाले उम्मेदवार मित्रलाल बस्यालले १४ हजार एक सय ३२ मत ल्याई विजयी हुँदा नेपाली कांग्रेसका उम्मेदवार ऋषिकेश तिवारीले १२ हजार दुई सय १० मत प्राप्त गर्नुभयो । 

जिल्लाका ६१ वडामा ६६ हजार दुई सय २६ मत खसेको थियो ।—

रासस