🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोनाबाट ज्यान गुमाएका सैनिकका परिवारले अतिरिक्त सुविधा पाउँछन् ? 

काठमाडौं । कोरोना भाइरस महामारीबाट नेपाली सेना पनि प्रभावित भएको छ । सैनिक मुख्यालय जंगीअड्डाका अनुसार, कोरोनाबाट हालसम्म नेपाली सेनाका २ जनाको मृत्यु भइसकेको छ । तर यो अघिल्लो लहरमा भएको क्षति हो । यसपटक केही दर्जनको संख्यामा संक्रमित भए पनि यसकै कारण कसैको पनि ज्यान गएको छैन । 
 

जंगीअड्डाले सोमबार बिहान उपलब्ध गराएको तथ्यांकअनुसार, विभिन्न तह र तप्काका ५ हजार २ सय ८९ जना सैनिक अहिलेसम्म कोरोनाबाट संक्रमित भइसकेका छन् । यद्यपि, सक्रिय संक्रमितको संख्या भने ९७ मात्र छ । 

नेपाली सेनाका प्रवक्ता सन्तोषवल्लभ पौड्यालका अनुसार, कर्णाली प्रदेशमा सबैभन्दा धेरै सैनिक संक्रमित भएका छन् । त्यसपछि प्रदेश २, वाग्मतीलगायत क्षेत्रमा पनि सैनिकहरू संक्रमणबाट गुज्रेका छन् । 

संक्रमितहरूको सेनाको आइसोलेसन सेन्टर र अस्पतालमा राखेर उपचार भइरहेको बताइएको छ । 

कार्यस्थलमै संक्रमितले के पाउँछन् ? 

कोरोना महामारीमा नेपाली सेनाले सरकारलाई निकै नजिकबाट सघाइरहेको छ । खासगरी कोरोना संक्रमणबाट मृत्यु भएकाको अन्तिम संस्कार, आइसोलेसन सेन्टर  निर्माण र सुरूक्षामा सेनाले गरिरहेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार देशबासीको नाममा सम्बोधन गर्दै १००० शय्याको कोरोना अस्पताल सेनाले बनाउने सार्वजनिक गरेका छन् । यसले आगामी दिनमा कोरोना महामारीमा नेपाली सेनाको भूमिका अझै बढ्ने देखाउँछ । 

महामारी नियन्त्रणमा नेपाली सेनाको भूमिका बढ्दै जाँदा जोखिम पनि स्वभाविक रूपमा बढ्छ । कार्यस्थलमै संक्रमित सैनिकको कथंकदाचित निधन भएमा तिनका परिवारलाई सेनाले अतिरिक्त के के सुविधा दिँदै छ त ? सैनिक प्रवक्ता पौड्यालका अनुसार, संक्रमणका कारण मृत्यु हुने सैनिकका परिवारलाई थप सुविधा दिनेबारे अहिलेसम्म कुनै निर्णय भएको छैन । ‘कोरोना संक्रमणबाट मृत्यु हुने सैनिकका परिवारलाई थप सुविधा दिने कुनै निर्णय भएको छैन । साविकबमोजिम जे जति सुविधा पाउनु हुन्छ, कोरोनाबाट मृत्यु हुँदा पनि त्यहीअनुसार पाउनु हुन्छ,’ प्रवक्ता पौड्यालले भने ।