🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

क्रिकेटर सन्दीप लामिछानेलाई कार उपहार

काठमाडौँ, ९ जेठ : इन्डियन प्रिमियर लिग आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी बनेका राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछानेले टाटा मोटर्सको टिएगो कार पाएका छन् ।

सिप्रदी ट्रेडिङ प्रालिले तीन वर्षका लागि ब्राण्ड एम्बेसडर घोषणा गर्दै १७ वर्षीय क्रिकेटर लामिछानेलाई बुधबार कार उपहार दिएको हो । सिप्रदी ट्रेडिङका निर्देशक शम्भुप्रसाद दाहाल, प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजनबाबु श्रेष्ठ र टाटा इन्डिया नेपालका प्रमुख अजितनारायण सिंहले सन्दीपलाई गाडीको साँचो बुधबार यहाँ आयोजित एक कार्यक्रममा हस्तान्तरण गरे ।

लामिछानेलाई दिल्ली डेडरडेभिल्सले बीस लाख भारतीय रुपैयाँमा अनुबन्ध गरेको थियो । आइपिएलमा उनले अन्तिम तीन खेल खेल्ने अवसर प्राप्त गरेका थिए । जसमा उनले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिएका थिए ।