🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जितको उत्सव मनाउँने क्रममा अत्याधिक खुसीले कोहलीको फ्यानको मृ त्यु

कर्नाटक, २२ जेठ । आईपीएलको इतिहासमा अन्ततः त्यो क्षण आइपुगेको छ, जसको लागि करोडौं मानिसहरू १८ वर्षदेखि पर्खिरहेका थिए । 

रोयल च्यालेन्जर्स बैंगलोर अर्थात आरसीबीले पहिलो पटक आईपीएलको उपाधि जितेको छ । विराट कोहलीको टोलीले पञ्जाब किंग्सलाई हराएर इतिहास रच्यो ।

कोहलीले ट्रफी उचाले पछि सबै फ्यानको मुटुको धड्कन बढ्यो । सामाजिक सञ्जालदेखि रंगशालासम्म सबैतिर यही गुन्जिरहेको थियो– ‘यसपटक कप हाम्रो हो ।’ तर यही उत्सव एक व्यक्तिको मृत्युको कारण बन्न पुगेको छ ।

कर्नाटकको बेलगावी जिल्लाको एउटा सानो गाउँ अवराडीमा आरसीबीको जित मनाउने क्रममा एक फ्यानको अचानक मृत्यु भएको छ । मञ्जुनाथ कुम्भारा नामका ती युवक विराट कोहलीका ठूला फ्यान थिए र आरसीबीको जितपछि साथीहरुसँग सेलिब्रेट गरिरहेका थिए । उनी नाच्दै, गाउँदै र पटाका फुकिरहेका थिए । तर अचानक उनी भुइँमा लडे । सबैले रमाइलो गरिरहेका थिए  तर केही बेरमै सबैको हाँसो रोदनमा परिणत भयो । मञ्जुनाथको घटनास्थलमै मृत्यु भयो ।

मञ्जुनाथ जम्मा २५ वर्षका थिए । चिकित्सकका अनुसार उनलाई हृदयघात भएको थियो । अत्यधिक उत्तेजना, भावनात्मक तनाव र लगातारको नाचका कारण उनको मुटुमा दबाब बढेको विश्वास गरिएको छ । जहाँ केही समयअघि गाउँमा आतिशबाजी चलिरहेको थियो, अहिले त्यहाँ सन्नाटा छाएको छ ।

मञ्जुनाथको मृत्युले सबैलाई स्तब्ध बनाएको छ । उनका साथीहरूले विराट कोहलीलाई भगवान मान्ने र आरसीबीको जितको लागि दिनहुँ प्रार्थना गर्ने गरेको बताएका छन् ।

यो खबर फैलिने बित्तिकै सामाजिक सञ्जालमा भाइरल भयो । आरसीबी र विराट कोहलीका फ्यानहरूले मञ्जुनाथलाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन् । कतिपयले लेखेका छन्, ‘जुन दिनको सपनाको प्रतिक्षामा बस्यो र त्यो देख्यो पनि तर अन्ततः त्यही दिन उनी गए ।’