🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यातायात कार्यालयका हाकिमले प्रतिनिधि सभाको लागि दिए स्वतन्त्र उम्मेदवार

महोत्तरी, २३ असोज : यातायात कार्यालय बर्दिबासका कार्यालय प्रमुख पोशन थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

कार्यालय प्रमुखकोरुपमा बर्दिबास यातायात कार्यालयमा निक्कै कुशलता देखाएका थापाले प्रतिनिधिसभा सदस्यको लागी महोत्तरी क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता गराएका हुन् । 

निजामती कर्मचारीकोरुपमा २६ वर्षदेखि कार्यरत थापाले राजीनामा दिएर स्वतन्त्र उम्मेदवार दर्ता गराएका छन् । थापाकै योजनाअनुसार कांग्रेसबाट बागी बनेका प्रह्लाद क्षेत्री स्थानीय तह निर्वाचनमा नगरप्रमुखमा विजयी भएको चर्चासमेत जिल्लामा हुने गरेको छ ।

नगरप्रमुख प्रह्लाद क्षेत्रीले पनि थापालाई सहयोग गर्ने भएका छन् । मनोनयन दर्ता गर्न एकसाथ पुगेका क्षेत्रीपक्षले थापालाई विजयी बनाउन हरकोसिस गर्ने बताए ।

स्थानीय निर्वाचनमा बागी समर्थक र प्रह्लाद क्षेत्रीलाई कांग्रेसले गरेको कारबाही फुकुवा नगरेको भन्दै क्षेत्रीपक्षले स्वतन्त्ररुपमा आफ्नै चुनावी समीकरण बनाएको छ । थापासमेत कांग्रेस निकट हुन् ।