🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्राज्ञिक विद्यार्थी परिषद्को देशव्यापी सदस्यता अभियान

विराटनगर । प्राज्ञिक विद्यार्थी परिषद् नेपालले सदस्यता अभियान सुरु गरेको छ । परिषद्ले पौष १आइतबारबाट कोशी प्रदेशसहित देशभरी नै सदस्यता वितरण अभियान सुरु गरेको हो ।

पुस १ देखि सुरु भएको सदस्यता वितरण अभियान पुस ११ गतेसम्म संचालन हुने छ । विराटनगरमा नेशनल एकेडेमीबाट सदस्यता वितरण अभियानको शुभारम्भ गरिएको थियो ।

दोस्रो दिन पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्ट र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई सदस्यता वितरण गरिएको कोशी प्रदेश संगठन सचिव छितराज न्यौपानेले जानकारी दिए ।

यस्तै, धनकुटा स्थित दृष्टि एकेडेमी र धनकुटा बहुमुखी क्याम्पसका विद्यार्थीहरूलाई सदस्यता वितरण गरिएको उनले जानकारी दिए ।

११ गतेसम्ममा देशका सबै जिल्लाका क्याम्पसहरूमा सदस्यता वितरण गरिने परिषद्ले जनाएको छ ।

परिषद्ले शिक्षाक्षेत्रलाई दलीय राजनीतिक मुक्त क्षेत्र बनाउन, विद्यार्थीलाई समग्र विकासका लागि विविध रचनात्मक गतिविधिसँग जोडिन, राष्ट्र प्रथम भावको विचारसँग आवद्ध रहन र विद्यार्थी शक्तिलाई राष्ट्र शक्तिको रूपमा सदुपयोग गर्न अभियानलाई गति दिएको जनाएको छ ।