🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नवौं राष्ट्रिय खेलकुद: बागमतीको विजयी सुरुआत

काठमाडौं, २३ असोज । बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदको महिला क्रिकेटमा आइतबार सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको छ । पोखरा रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले ७१ रनको योगफल तयार गरेको थियो ।

दोस्रो हाफमा जवाफी ब्याटिङमा उत्रिएको बागमतीले १३.१ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो । बागमतीका लागि कञ्चन श्रेष्ठले ४४ बलमा १ चौकासहित २५ रन बनाइन् । यस्तै, सुमन खतिवडा ११ रनमा अविजित रहँदा अस्मिता खरेलले ९ रन जोडेकी थिइन् । आरती विडारी पनि ३ रनमा अविजित रहिन् । सुदूरपश्चिमका लागि यसु पाण्डे मात्र एक विकेट लिन सफल भइन् । 

यसअघि पहिलो इनिङमा टस हारेर ब्याटिङमा उत्रिएको सुदूरपश्चिमले १८.२ ओभरमा सबै विकेट गुमाएर ७१ रनको योगफल तयार गरेको थियो । सुदूरपश्चिमका लागि अनुले २३ बलमा २२ तथा रुबी पोदारले २१ बलमा १२ बाहेक अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

असोज २८ गते मात्रै राष्ट्रिय खेलकुदको उद्घाटन समारोह हुने भए पनि महिला क्रिकेट आजैदेखि सुरु भएको छ । आइतबार भएको पहिलो खेलमा गण्डकीलाई मधेस प्रदेशले ४० रनले पराजित गरेको थियो ।

न्युज कारखाना