🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चित्रवहादुर केसीद्वारा उम्मेदवारी दर्ता

बलेवा, २३ असोज (रासस) : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रतिनिधिसभा सदस्यका लागि बागलुङको क्षेत्र नं १ मा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अध्यक्ष केसीले बागलुङ बजारमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा आफैँ पुगेर आज अपराह्न उम्मेदवारी दर्ता गर्नुभएको हो । उम्मेदवारी दर्ता गर्न उहाँ शनिबार नै बागलुङ आइपुग्नुभएको थियो ।

सङ्घीय संसद्का लागि अध्यक्ष केसीको मनोनयन दर्तामा कृष्ण अधिकारी प्रस्तावक र लक्ष्मी बाँस्कोटा समर्थक हुनुहुन्छ । उहाँले पाँचदलीय गठबन्धनको सहयोगमा उम्मेदवारी दिनुभएको हो । उहाँसँगै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को तर्फबाट निवर्तमान सांसद डा सूर्य पाठकले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी सापकोटा र राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेलले पनि प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिनुभएको छ ।
–––