🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

हेटौंडामा गठबन्धनको घोषणापत्र सार्वजनिक

हेटौंडा । पाँच दलीय सत्ता गठबन्धनले हेटौंडा उपमहानगरपालिकाको लागि संयुक्त घोषणा पत्र सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमको आयोजना गरि स्थानीय तहको लागि २२ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो ।

घोषणा पत्रमा स्वास्थ्य, शिक्षा, खानपानी तथा सरसफाइ, खेलकुदलाई विशेष प्राथमिकतामा राखिएको छ । हेटौंडा अस्पतालको स्तरोन्नति गर्न पहल गर्ने, ज्येष्ठ तथा अशक्त नागरिकको लागि घरघरमा स्वास्थ्य सेवा उपलब्ध गराउने, आद्योगिक क्षेत्रको लागि अनिवार्य आवश्यक जनशक्ति उत्पादन गर्ने लगायतका विषयहरु घोषणापत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी वार्षिक ३०० युनिट सम्मको बिजुली निशुल्क गर्ने, बाइपास सडकको स्थायी निर्माण गर्ने, एक घर एक रोजगारलाई प्राथमिकतामा राख्नेसमेत उल्लेख गरिएको छ ।