🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

राष्ट्रिय भलिबल : महिलातर्फ एपीएफको पहिलो जित

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब लिग च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबलाई ३–१ को सेटमा पराजित गरेको छ । विभागीय महारथी एपिएफको यो प्रतियोगितामा पहिलो जित हो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा सम्पन्न महिलातर्फको अन्तिम खेलमा एपिएफले आर्मीलाई २७–२५, १३–२५, २५–२१, २५–२३ को सेटमा पराजित । आर्मीको यो पहिलो हार हो ।

एपीएफ यसअघि नेपाल पुलिस क्लबसँग ३–१ को सेटमा पराजित गभएको थियो । आर्मीले भने पहिलो खेलमा एभरेस्ट भलिबल क्लबलाई सोझो सेटमा पराजित गरेको थियो ।

प्रतियोगितामा समान दुई खेल खेलेका एपिएफ र आर्मीले समान तीन अंक जोडेका छन् । यसअघि मंगलबारै भएको महिलातर्फको पहिलो खेलमा एभरेस्टले न्यु डायमन्डलाई ३–२ को सेटमा हराएको थियो । 

प्रतियोगितामा दुई खेल खेलेको एभरेस्टले एक र पहिलो खेल खेलेको न्यु डायमन्डले पनि एक अंक जोडेको छ । पाँच टिमको सहभागिता भएको महिलातर्फको खेलमा शीर्ष दुई टोलीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । 

नेपाल भलिबल संघको आयोजनामा आइतबारदेखि सुरु भएको प्रतियोगिताको तेस्रो दिनमा पुरुषतर्फको पहिलो खेलमा आर्मी र गल्कोट स्पोर्टस् क्लबले प्रतिस्पर्धा गर्दैछन् ।