🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपाल सुपर लिग : धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई हरायो

काठमाडौँ, १४ मङ्सिर । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा धनगढी एफसीले बुटवल लुम्बिनी एफसीलाई पराजित गर्दै विजयी भएको छ । 

दशरथ रङ्गशालामा भएको खेलमा धनगढीले बुटवललाई १–०  गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । विदेशी खेलाडी ओलावाले अफिजको गोलले धनगढी विजयी भएको हो । उनले खेलको दोस्रो हाफको अतिरिक्त समयमा गोल गरेका हुन् । 

आजको खेलमा विजयी भएसँगै धनगढीले २ खेलबाट ६ अङ्क जोडेको छ । समान खेल खेलेको बुटवलको भने यो लगातार दोस्रो हार हो । पहिलो खेलमा धनगढीले वीरगञ्ज युनाइटेडलाई २–१ ले हराएको थियो । त्यस्तै पहिलो खेलमा बुटवल ललितपुरसँग २–० ले पराजित भएको थियो ।

लिगअन्तर्गत भोलि शुक्रबार वीरगञ्ज युनाइटेड फुटबल क्लब र चितवन फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।