काठमाडौं, ४ असोज । प्रतिनिधि सभाको सिट बाँडफाँटका लागि छलफलमा जुटेका गठबन्धन आवद्ध नेताहरूको छलफल आज २०७९ असाेज ४ गते पनि टुंगो बिनानै सकिएको छ । २०७९ असाेज ४ गते मंगलबार बेलुकी कुनै निष्कर्ष बिना सकिएको बैठक असाेज ५ गते बुधबार टुङ्ग्याउने बताएका छन् ।
मंगलबार बिहान र बेलुका छलफल गरेका उनीहरूले प्रतिनिधि सभाको १६५ मध्ये १ सयभन्दा बढी सिटमा सहमति जुटिसकेको दाबी गरेको बताइएको छ । असाेज ५ गते बुधबार बिहानैबाट पुन: छलफल गर्ने गरी मंगलबारको बैठक सकिएको एक नेताले बताए ।
न्युज कारखाना



