संसारमा विचित्र विचित्रका बिहेका बारेमा सुनेकै थियौं । हालै त्यस्तै एक विवाहले चर्चा पाएको छ । एक खबरका अनुसार, यी एक प्रेमी जोडी करीब ४८ बर्षदेखि लिभ इन रिलेशनसीपमा रहेका थिए । एक रिपोर्टका अनुसार, अहिले दुलाहाको उमेर ८० बर्ष र दुलहीको ७६ बर्ष रहेको छ । हालै भारतको राजस्थानको उदयपुरमा यिनीहरूको विवाह भएको बताइएको छ । यो विवाहमा यिनीहरूको नाति र छोराको पनि समावेश भएका थिए । दुलाहाको नाम देवदास हो । वास्तवमा कहानी भने अर्कै छ । देवदासको बर्षौं पहिले चम्पा बाईस“ग विवाह भएको थियो तर देवदास मग्दु बाई नामक अर्की महिलास“ग लिभ इन रिलेशनमा थिए । मग्दु बाई देवदासको घरमा पहिलेकी श्रीमतीस“ग रहने गर्थिन । यसको धेरै विरोध भएपनि करीब ४८ बर्षसम्म उनी देवदासस“गै बसिन । अन्ततः ४८ बर्षपछि मग्दु र देवदासको पूर्ण रीतिरिवाजका साथ विवाह सम्पन्न भयो । अझ अचम्मको कुरा के छ भने अहिले पनि चम्पा बाई जीवित नै छिन् तर स्वास्थ्य राम्रो नभएका कारण विवाहमा सहभागी भने भइनन् ।



