🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कस्ता बनिया” निजी स्कूल ?

ललितपुरमा रहेको नेपालकै महंगोमध्येकै एक निजी स्कूलमा केजी (किन्नडर गार्टेन)को प्रवेश परीक्षापछि नाम निकाल्न एक विद्यार्थी सफल भएछन् । केजीमा प्रवेश परीक्षा लिनु हुन्थ्यो वा हुन्थेन भन्नेमा पनि वहस गरौंला । बच्चालाई सो स्कूलमा भर्ना गर्नका लागि अभिभावक जा“दा स्कूलले पहिले अध्ययन गरिरहेको मन्टेश्वरीबाट ट्रान्सफर सर्टिफिकेट ल्याउनु भन्यो । ट्रान्सफर सर्टिफिकेटका लागि त्यो मन्टेश्वरीमा जा“दा त्यसका सञ्चालकले बीचमा बच्चालाई लिएर जान मिल्दैन त्यसैले आगामी चैत मसान्तसम्मको शुल्क तिरेपछिमात्र ट्रान्सफर सर्टिफिकेट दिन्छु भन्यो । उता ट्रान्सफर सर्टिफिकेटबेगर भर्ना लिइन्न भन्ने अडान त्यो महंगो स्कूलको छ । नर्सरीमा ट्रान्सफर सर्टिफिकेट खोज्ने स्कूलको मानसिकता हेरौंै । ट्रान्सफर सर्टिफिकेट दिन पढ्नै नपढेको नौ महिनाको शुल्क असुल्न खोज्ने त्यो मन्टेश्वरीका सञ्चालकको दाउ हेरौं । अन्ततः वाध्य भएर अभिभावकले तीन महिनाको शुल्क तिरेर ट्रान्सफर सर्टिफिकेट किनेर लगे र नया“ स्कूलमा २०७४ साउन ६ गते शुक्रबार ट्रान्सफर सर्टिफिकेट बुझाए ।
प्याब्सनका एक वरिष्ठ पदाधिकारीले मलाई फोन गरेर यो घटनाक्रमका बारेमा जानकारी दिंदै ती दुई स्कूलको नाम सार्वजनिक नगरिदिन आग्रह गर्नुभयो । उहा“ले आफूले पनि स्कूल सञ्चालन गरे पनि यस्तो घटना थाहा पाउ“दा निकै लाजै लागेको बताउनुभयो । हो, पक्कै पनि निजी स्कूलका सञ्चालकहरूको यस्तो बनिया“शैली देख्दा सबैलाई लाज लाग्नुपर्ने हो ।                                 –प्रकृति अधिकारी