ललितपुरमा रहेको नेपालकै महंगोमध्येकै एक निजी स्कूलमा केजी (किन्नडर गार्टेन)को प्रवेश परीक्षापछि नाम निकाल्न एक विद्यार्थी सफल भएछन् । केजीमा प्रवेश परीक्षा लिनु हुन्थ्यो वा हुन्थेन भन्नेमा पनि वहस गरौंला । बच्चालाई सो स्कूलमा भर्ना गर्नका लागि अभिभावक जा“दा स्कूलले पहिले अध्ययन गरिरहेको मन्टेश्वरीबाट ट्रान्सफर सर्टिफिकेट ल्याउनु भन्यो । ट्रान्सफर सर्टिफिकेटका लागि त्यो मन्टेश्वरीमा जा“दा त्यसका सञ्चालकले बीचमा बच्चालाई लिएर जान मिल्दैन त्यसैले आगामी चैत मसान्तसम्मको शुल्क तिरेपछिमात्र ट्रान्सफर सर्टिफिकेट दिन्छु भन्यो । उता ट्रान्सफर सर्टिफिकेटबेगर भर्ना लिइन्न भन्ने अडान त्यो महंगो स्कूलको छ । नर्सरीमा ट्रान्सफर सर्टिफिकेट खोज्ने स्कूलको मानसिकता हेरौंै । ट्रान्सफर सर्टिफिकेट दिन पढ्नै नपढेको नौ महिनाको शुल्क असुल्न खोज्ने त्यो मन्टेश्वरीका सञ्चालकको दाउ हेरौं । अन्ततः वाध्य भएर अभिभावकले तीन महिनाको शुल्क तिरेर ट्रान्सफर सर्टिफिकेट किनेर लगे र नया“ स्कूलमा २०७४ साउन ६ गते शुक्रबार ट्रान्सफर सर्टिफिकेट बुझाए ।
प्याब्सनका एक वरिष्ठ पदाधिकारीले मलाई फोन गरेर यो घटनाक्रमका बारेमा जानकारी दिंदै ती दुई स्कूलको नाम सार्वजनिक नगरिदिन आग्रह गर्नुभयो । उहा“ले आफूले पनि स्कूल सञ्चालन गरे पनि यस्तो घटना थाहा पाउ“दा निकै लाजै लागेको बताउनुभयो । हो, पक्कै पनि निजी स्कूलका सञ्चालकहरूको यस्तो बनिया“शैली देख्दा सबैलाई लाज लाग्नुपर्ने हो । –प्रकृति अधिकारी



