🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

 
इलाम, फाल्गुन ७ गते । इलामको सुर्योदय नगरपालिका-३ स्थित फिकल-पशुपतिनगर सडक खण्डमा बलेरोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुर्योदय नगरपालिका-१ का २३ बर्षीय सौगात राई रहेका छन ।
 
  हिजो बेलुका साढे ४ बजे पशुपतिनगर तर्फ जाँदै गरेको को.१ज ३५८९ नम्वरको बलेरो गाडीले बिपरित दिशाबाट आउदै गरेको मे.११प ८४९ नम्वरको मोटरसाईकललाई ठक्कर दिंदा चालक सौगात राई र पछाडि सवार रहेकि २५ बर्षीया सम्झना राई घाईते भएका थिए । घाईते दुबैलाई उपचारको लागि बिर्तामोड स्थित BNC अस्पताल लगिएकोमा सौगात राईको उपचारको क्रममा मृत्यु भएको हो ।
 
दुर्घटनामा संलग्न बलेरो र चालकलाई इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले बताएकाे छ ।