🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रुख र भिरबाट लडेर दुई जना महिलाको मृत्यु

मोरङ, फाल्गुन ७ गते । मोरङको मिक्लाजुङ गाउँपालिका-६ स्थितमा रुखवाट लडी १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिक्लाजुङ गाउँपालिका-६ का मान बहादुर मगरकी श्रीमती ४६ बर्षीया बुद्धमाया मगर रहेकी छिन ।

हिजो बिहान साढे ११ बजे आफ्नै बारीमा रहेको टाँकीको रुखमा चढी घाँस काट्ने क्रममा रुखबाट लडेर घाईते भएकी बुद्धमायाको उपचारको क्रममा बिराटनगर स्थित बिराट नर्सिङ होम अस्पतालमा मृत्यु भएको हो । यस घटनाका सम्वन्धमा इलाका प्रहरी कार्यालय मधुमल्लाबाट थप अनुसन्धान भईरहेको समाचार छ ।

भिरबाट लडी महिलाको मृत्यु

ओखलढुंगा, फाल्गुन ७ गते । ओखलढुंगाको मोलुङ गाउँपालिका-४ स्थित भिरबाट लडी १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोलुङ-४ घले गाउँका ईन्द्र सुनुवारकी श्रीमती ३८ बर्षीया मिना सुनुवार रहेकी छिन ।

   हिजो बेलुकी पौने ४ बजे गुठी पाताल जंगलबाट घाँस काटी घरतर्फ फर्किंदै गर्दा भिरबाट लडेर घाईते भएकी सुनुवारलाई तत्काल उपचारको लागि मिसन अस्पताल ओखलढुंगा लगिएकोमा निजको उपचारको क्रममा राति पौने ९ बजे मृत्यु भएको प्रहरीले बताएकाे छ । यस घटनाका सम्वन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।