बिराटनगर, फाल्गुन ७ गते । सुनसरी र मोरङको छुट्टा छुट्टै दुई स्थानमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा २ जना चालकको मृत्यु भएको छ । हिजो बेलुका ७ बजे सुनसरीको दुहबी नगरपालिका-८ स्थित कोशी लोकमार्गमा को.२०प ९८९६ नम्वरको मोटरसाईकल अनियन्त्रित भई सडक डिभाईडरमा ठोक्किई निधन भएकाे छ ।
डिभाईडरमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाईते भएका मोटरसाईकल चालक बिराटनगर-१४ का ३० बर्षीय श्याम कामतको उपचारको क्रममा बिराटनगर स्थित बिराट नर्सिङ होममा मृत्यु भएको हो ।
त्यस्तै मोरङको जहदा गाउँपालिका-६ स्थित भित्रि सडक खण्डमा सडक साईडमा राखेको गोरुगाडामा को.३५प ३४०५ नम्वरको मोटरसाईकल ठक्कर लागि दुर्घटना हुँदा मोटरसाईकल चालक बिराटनगर-१९ का २६ बर्षीय लक्ष्मी सरदार गम्भिर घाईते भई उपचारको लागि कोशी अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको हो ।
दुर्घटना सम्वन्धमा प्रहरीबाट थप अनुसन्धान भईरहेको छ ।



