🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मन्त्री र माननीय हुन पनि यो पार्टीबाट अब गाह्रो छ

(प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा मतदान गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुरुदेखि नै सरकारमा सहभागी बन्न उत्सुक देखिएको थियो । राप्रपाले सरकारमा सहभागी हुनकै लागि वार्ता समिति समेत बनाएको थियो । समितिले केही चरणमा वार्ता समेत गरेको थियो । तर, अन्तिममा राप्रपाले बनाएको वार्ता समितिस“ग कुनै छलफल नै नगरी प्रधानमन्त्री देउवाले १९ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेपछि राप्रपाले अपमान महसुस गरेको छ । यसकै प्रतिक्रियास्वरुप राप्रपाले सरकारमा सहभागी हुने अध्याय नै समाप्त भएको घोषणा गरेको छ । यही मेसोमा हामीले सरकारबारे  छलफल गर्न राप्रपाद्वारा गठित समितिका संयोजक जयन्त चन्दस“ग सरकारमा सहभागी नहुने भनेर राप्रपाले गरेको निर्णय अलि हतारको भएन र भनेर सोधेका छौं । राप्रपा नेता लोकेन्द्रबहादुर चन्दका पुत्रसमेत रहेका जयन्तको निजी जीवनको पाटो खोतल्ने प्रयास समेत यो संवादमा गरिएको छः सम्पादक)  
सा“घु साप्ताहिक–राप्रपाले सरकारमा नजाने भनेर घुक्र्याएको हो कि साच्चै कठोर कदम चालेको हो ? 
जयन्त चन्द,–घुक्र्याएको होइन, साच्चै नजाने निर्णय गरेका हौं । 
सा“घु–हठात यस्तो निर्णय चाहि“ किन गर्नुभएको त ? 
जयन्त चन्द,–सरकारबारे छलफल गर्न हामीहरूको वार्ता टोली गठन भएको थियो । दुई चरणमा हामीले असार १४ अगाडि कुराकानी पनि ग¥यौं । निर्वाचनमा केन्द्रित हुनुपर्ने सबैको आवश्यकता भएकाले चुनावलगत्तै वार्ता गर्ने सहमति बनेको थियो, कांग्रेस, माओवादी र राप्रपाको वार्ता टोलीबीचमा । दोस्रो चरणको निर्वाचनपछि कांग्रेस–माओवादीले अनेक चरणमा छलफल गर्नुभयो । तर, म संयोजक रहेको वार्ता टोलीलाई कुनै पनि छलफलमा बोलाइएन । 
सा“घु–वार्ता गर्नुप¥यो भनेर कांग्रेस–माओवादीलाई भन्नु भएन त ? 
जयन्त चन्द,–कांग्रेस–माओवादीले सरकार गठनबारे छलफलमा नबोलाएपछि हामीले नै छलफलको प्रस्ताव एक–दुई पटक ग¥यौं । उहा“हरूले हुन्छ पनि भन्नुभयो । तर, हामीलाई सम्झ“दै नसम्झी उहा“हरूले सरकार विस्तार गर्नुभयो । हाम्रो जानकारीविनै मन्त्रीमन्डल विस्तार भएपछि हाम्रो सरकारमा जाने ढोका बन्द भयो र नजाने भनेका हौं । 
सा“घु–केही थान मन्त्री अझै पनि रिक्त नै छन् । केही समय प्रतीक्षा गर्न गरेको भए त्यो राप्रपाको भागमा पनि पर्न सक्थ्यो । किन तातो खाऊ जल्दी मरौं भने जस्तो गर्नु भएको त ? 
जयन्त चन्द,–हेर्नुस्, मन्त्री हुनु मात्रै हाम्रो उद्देश्य होइन । सबैभन्दा ठूलो कुरा आत्मसम्मान हो । राप्रपालाई त २–४ वटा मन्त्रालय जतिबेला फाल्दिए पनि हुन्छ भन्ने भ्रममा कांग्रेस–माओवादी परेजस्तो मलाई लाग्छ । हेर्नुस्, हामी त निकै लचक भएर प्रस्तुत भएका थियौं । पहिले मापदण्ड तयार पारेर मन्त्रिमन्डल बनाऊ भन्ने हाम्रो राय थियो । सरकारको न्यूनतम कार्यक्रमबारे पनि हामीले प्रस्ताव राखेका थियौं । तर, यो विषयमा प्रवेश नै नगरी सरकारले ढोका बन्द गरेको छ । 
सा“घु–प्रमुख सत्तासाझेदार दल कांग्रेस–माओवादीले राप्रपालाई किन यस्तो हेलत्तो गरेका होलान्, केही विश्लेषण गर्न पनि भ्याएको छ कि ? 
जयन्त चन्द,–शेरबहादुर देउवा संविधानको संशोधन पारित गर्ने प्रतिबद्धतामा टेकेर प्रधानमन्त्री हुनुभएको सर्वबिदितै छ । तर, उहा“हरू यो संशोधन पारित गराउन यतिबेला उत्सुक हुनुहुन्न । हामीलाई बाहिर राख्दा संशोधन नहुने भएकाले नै कांग्रेस–माओवादीले राप्रपालाई सरकारमा सामेल नगराएका हुन् । अन्यथा हरेक कुरामा सहयोग गरेको पार्टीलाई बाहिर राख्नुको कारण के हुनसक्छ ? 
सा“घु–सरकारमा जाने ढोका बन्द गरेपछि राप्रपा अलि बिक्षिप्त बनेको हो ? 
जयन्त चन्द,–छैन, छैन । सत्ताप्रति राप्रपाको यतिधेरै आशक्ति थियो भने त हामीले प्रचण्ड नेतृत्वको सरकार छाड्ने नै थिएनौं नि । उपप्रधानमन्त्रीसहित ४ वटा मन्त्रालय त हामीले पाइराखेकै थियौं नि । सत्तामनोवृत्ति हाम्रो भएको भए सरकार किन छाड्थ्यौं र ? एउटा एजेन्डा उठाएर नैतिकताको आधारमा सरकार त्यागेको पार्टीलाई पदलोलुप भन्न मिल्दैन । अन्य राजनीतिक दलमा पदलोलुपता देखिएरहेका बेला बरु हामीले त इमान्दार राजनीतिको उदाहरण पो पेश गरेका छौं त । सरकार भनेको हाम्रा लागि सेकेन्डरी कुरा हो, मुख्य कुरा होइन । 
सा“घु–सरकारमा नजाने भन्ने निर्णय पार्टीले सर्वसम्मत रुपमा गरेको हो कि जानुपर्छ भन्नेहरू पनि हुनुहुन्छ ? 
जयन्त चन्द,–सरकारमा जाने भन्ने त अब ठाउ“ नै छैन नि । अपमानजनक ढंगले सरकारमा जाने बाटो बन्द गरिएकाले मलाई राप्रपामा अझै पनि जानुपर्छ भन्ने हुनुहुन्छ जस्तो लाग्दैन । 
सा“घु–राप्रपामा एउटा समूह सरकारमा जान उत्सुक भइरहेका बेला पार्टीले गरेको निर्णयले रुष्ट बनेको छ भन्ने कुरा बाहिर सुनि“दै छ, यसको सत्यताबारे बताइदिनुहोस् न ? 
जयन्त चन्द,–पार्टीमा हरेक किसिमका व्यक्तिहरू हुन्छन् । सरकारमा जानुपर्छ भन्नेहरू छ“दै छैनन् भनेर म भन्दिन“ । तर, ९९.९९ प्रतिशत सरकारमा अब जानु हु“दैन, सबैभन्दा ठूलो कुरा आत्मसम्मान हो भन्ने पक्षमा नै हुनुहुन्छ । 
सा“घु–सरकारमा नजाने निर्णय  गरे पनि यसलाई दि“दै आएको समर्थनबारे केही पनि बताउनु भएको छैन । अब सरकारमाथि राप्रपाले दि“दै आइरहेको समर्थन के यथावत हुन्छ कि फिर्ता लिनुहुन्छ त ? 
जयन्त चन्द,–समर्थन हाम्रो कायमै छ । पार्टीले अर्को निर्णय नगरेसम्म यो यथावत नै रहन्छ । 
सरकारलाई संस्थागत निर्णय गरेर दिएकाले अर्को संस्थागत निर्णय गरेर फिर्ता नलिएसम्म प्राविधिक रुपले कायम नै रहन्छ । 
सा“घु–उसो भए अब अर्को किस्तामा निर्णय गरेर समर्थन पनि फिर्ता लिने, होइन त ? 
जयन्त चन्द,–राप्रपाले हरेक कुराको समर्थन र विरोध गुण र दोषको आधारमा गर्दै आइरहेको छ । सरकारको हकमा पनि यही कुरा लागू हुन्छ ।  
सा“घु–एमाले यतिबेला एक्लिएको छ । उसैस“ग गठबन्धन गरेर अघि बढ्ने सुविधा पनि राप्रपालाई छ नि होइन ? 
जयन्त चन्द,–राप्रपाले सधैं एजेन्डालाई प्रधान ठान्छ । एजेन्डालाई केन्द्रमा राखेर अघि बढ्दा कहिले को नजिक हुन्छ त कहिले को । यो एउटा स्वभाविक कुरा हो । कांग्रेस–माओवादीस“ग दूरी बढेकै कारण एमालेस“ग नजिक हुनुपर्छ भन्ने हामीलाई लागेको छैन । 
सा“घु–अब राप्रपा कसरी अघि बढ्छ त ? 
जयन्त चन्द,–राप्रपा केन्द्रीय कार्यसमितिको भर्खंरै बसेको बैठकले धेरै निर्णयहरू गरेको छ । बैठकले गरेका धेरै निर्णयमध्ये महत्त्वपूर्ण निर्णय एकजुट भएर संगठन निर्माण गर्ने भन्ने हो । स्थानीय तह निर्वाचन हारको मुख्य कारण संगठन नै भएकाले हामी अब संगठन निर्माणलाई नै जोड दिएर अबका दिनमा अघि बढ्ने छौं । अधुरा र अपूरा रहेका संगठनहरूलाई छिट्टै पूर्णता दिएर पार्टी अब जनताको बीचमा जान्छ । 
सा“घु–अब फरक प्रसंगमा कुरा गरौं । राप्रपामा हिजोआज कमल थापा र चन्द पक्षबीच खुब दोस्ती जमेको छ नि होइन ? 
जयन्त चन्द,–हो, विगतमा हामी अलग–अलग पार्टीमा थियौं । हाम्रा विचारहरू अलग पार्टीमा हु“दा स्वभाविक रुपमा अलग थिए । तर, यतिबेला पार्टी एक छ, अनि नीति र सिद्धान्त पनि । होला केही विषयमा पार्टीमा छलफल भएको छ । अब छलफल हु“दैमा पार्टीमा गुट उपगुट छ भनेर निष्कर्ष निकाल्न त भएन नि । त्यसैले राप्रपामा कुनै गुट र समूह यतिबेला छैन । राप्रपा एक भएर अघि बढिरहेको छ । म राप्रपामा गुट र उपगुट रहेको भ्रम नपाल्न सबैमा अनुरोध गर्न चाहन्छु । 
सा“घु–पशुपति शमशेर राणा समूहलाई रुष्ट बनाएर पछिल्लो मनोनयन त भयो नि होइन ? 
जयन्त चन्द,–पछिल्लो मनोनयन विवादसम्मत ढंगले नै भएको छ । त्यसमा पूर्वअध्यक्षको असन्तुष्टि थिए । त्यो असन्तुष्टिलाई सम्बोधन गर्न यतिबेला वार्ता र छलफल भइरहेको छ । विवाद भन्दा पनि हामी संवादमा नै छौं ।  मलाई लाग्छ, अबको केही दिनमा नै उहा“को असन्तुष्टि हल हुनेछ । 
सा“घु–अहिले छलफल र संवाद गर्नेले पहिल्यै यस्तो गर्नुभएको भए विवाद हु“दैनथ्यो कि ? 
जयन्त चन्द,–हो, पहिले गरेको भए धेरै राम्रो हुन्थ्यो । कुराकानी भएको थियो कि के थियो मलाई थाहा भएन । अब जे भए पनि अहिले संवाद भइरहेको छ । आशा गरौं अबको केही दिनमै यो विवाद राप्रपाले समाधान गर्नेछ । 
सा“घु–तर, बजारमा त राप्रपा विभाजनलाई रोक्न हतार हतार बदनियतपूर्वक केन्द्रीय सदस्य मनोनयन गरियो भन्ने कुरा आएको छ नि ? 
जयन्त चन्द,–महाधिवेशन भएको ५ महिनासम्म संगठनले पूर्णता नपाउ“दा राप्रपामा निराशा थियो । त्यसैले विधानसम्मत ढंगले विधानले दिएको अधिकार प्रयोग गरेर अध्यक्षले मनोनयन गर्नु भएको हो । देखिएका असन्तुष्टिलाई अब छलफलबाटै राप्रपाले हल गर्छ । 
 सा“घु–६ प्रदेशमा स्थानीय तह निर्वाचन सम्पन्न भयो । तर, राप्रपा निकै शिथिल देखियो । यसबाट राप्रपाप्रतिको आकर्षण घट्दै गएको निष्कर्ष निकाल्न मिल्छ  ? 
जयन्त चन्द,–राप्रपा हारका केही मूलभूत कारणहरू छन् । त्यसमध्येको पहिलो त संगठन नै हो । पार्टी एकता हतारमा गरिएकाले संगठन मजबुत बनाउन चाह“दा चाह“दै पनि सकिएन, समय छोटो भयो । महाधिवेशन त हामीले ग¥यौं, तर त्यसपछि संगठनलाई पूर्णता दिनुपर्ने बेला निर्वाचनमा केन्द्रित हुनुप¥यो । त्यसैले यो निर्वाचनमा हामीले अपेक्षित सफलता हात पार्न सकेनौं । 
सा“घु–पार्टीले बोकेको विचार पुरानो र ‘आउडेटेड’ भएर पो जनताले नपत्याएको हुन् कि ? तपाईंहरू जस्तो युवा र बौद्धिक नेताले अब सोच्ने बेला भएन र ? 
जयन्त चन्द,–विचार कहिल्यै पनि पुरानो र आउटडेटेड हु“दैन । बरु समयअनुसार विचारलाई परिमार्जित र परिष्कृत गराउनु पर्ने हुन्छ । त्यो हामी आफूले र समयले गराउ“दै लगेको पनि छ । त्यसैले हामीले बोकेको विचार असान्दर्भिक होइन, बरु सान्दर्भिक हु“दै गइरहेको छ । राजसंस्था र हिन्दू धर्म नहु“दा देश अस्थिर हुन्छ र हाम्रो धर्म संस्कृतिमाथि प्रहार हुन्छ भनेर विगतमा हामीले भनेका थियौं । अहिले हेर्नुस् त  हिजो हामीले जे भनेका थियौं , ठ्याक्कै त्यही भइरहेको छ । 
सा“घु–सान्दर्भिक भएको भए त जनताले पत्याउ“थे होला नि त ? 
जयन्त चन्द,–हेर्नुस्, विचार राम्रो भएर मात्रै हु“दैन, त्यसलाई जनताको बीचमा पनि लैजान सक्नुपर्छ । जनताको बीचमा आफ्नो कुरा लगियो भने मात्रै जनताले निर्वाचनमा मत दिन्छन् । हामीले विचार राम्रो बोके पनि जनतालाई बुझाउन सकेनौं । राजसंस्था र हिन्दू धर्मको महत्त्व के हो र यो नहु“दा के हुन्छ भन्ने कुरा प्रष्ट पार्न सकेनौं । त्यसकै परिणाम यो निर्वाचनमा हामी अपेक्षित मत हासिल गर्नबाट चुक्यौं । हामीले जनतालाई बुझायौं र जनताले बुझे भने आउ“दा दिनमा हाम्रो पल्लाभारि हुनेछ । 
यसका अतिरिक्त राप्रपाबारे अनेक भ्रमहरू छरियो । पदलोलुप पार्टीको रुपमा राप्रपालाई जबरजस्त चिनाउन खोजियो । यसले पनि हामीलाई क्षति पुगेको छ । आउ“दा निर्वाचनमा यी कुरा चिरेर जनताको बीचमा जान्छौं ।  
सा“घु–तपाईं राप्रपाको नेतास“गै लोकेन्द्रबहादुर चन्दको छोरा पनि हुनुहुन्छ । राजनीतिमा बुबाकै कारण आउनु भयो कि अरु कारण पनि छन् ? 
जयन्त चन्द,–मेरो पारिवारिक वातावरण नै राजनीतिमय थियो । हरेक दिन हाम्रो घरमा बुबालाई भेट्न मानिसहरू आइराख्नुहुन्थ्यो । त्यसरी भेट्न आउने मानिसहरूस“ग मेरो पनि कुरा हुन्थ्यो । म सक्दो सहयोग गरेर घरमा आएकाहरूलाई पठाउ“थे । यसो गर्दागर्दै ममा राजनीतिप्रति कतिबेला झुकाव बढ्यो पत्तै भएन र म अन्य क्षेत्र छाडेर राजनीतिमा लागे“ । 
सा“घु–बुबाको चाहना चाहि“ के थियो नि ?  
जयन्त चन्द,–२०४६ सालमा बहुदल आएपछि दल खुल्यो । विभिन्न पार्टी खुल्ने क्रममा चन्द र थापा राप्रपा जन्मियो । बुबा नै राप्रपा चन्दको अध्यक्ष भएकाले देशभरका कार्यकर्ता घरमा आउनु हुन्थ्यो । म पनि विस्तारै कार्यक्रमहरूमा जिल्ला जिल्ला जाने र संगठन गर्न थाले“ । २०४७ देखि २०५५ सालसम्म मैले साधारण कार्यकर्ताकै रुपमा पार्टीमा काम गरे“ । ०५५ सालमा म विदेश सम्बन्ध विभागको सदस्य भए“ । ०५९ सालको तेस्रो महाधिवेशनमा केन्द्रीय सदस्यमा लडे“ जिते“ पनि  । त्यसयता  निरन्तर सक्रिय हु“दै आएको छु । यसपटकको महाधिवेशनपछि महामन्त्री बनेको छु । 
सा“घु–शक्ति र सत्ताको महत्त्व अहिले पनि छ । तैपनि विगतमा शक्ति र सत्तालाई झनै पुज्ने चलन थियो । त्यस्तो बेला तपाईंको बुबा देशको प्रधानमन्त्री बन्नु भएको थियो । तपाईंलाई भनसुन गराइमाग्न त धेरै आउ“थे होला हगि ? 
जयन्त चन्द,–पदमा हु“दा यस्ता भनसुनका लागि आग्रह गर्नेहरू स्वभाविक रुपमा आउ“थे । नहु“दा पनि आइराख्नु हुन्छ । आफूले सक्ने काम विगतमा पनि गर्थें, अहिले पनि गरिरहेको छु । 
सा“घु–नेताका छोराछोरीलाई राजनीतिमा आउनुलाई अलि बढी आलोचनाको दृष्टिले हेरिन्छ । तपाईंलाई चाहि“ नेताको छोरो हुनुको फाइदा– घाटा के भएको छ ? 
जयन्त चन्द,–नेताको छोरा–छोरी राजनीतिमा आउनु नै हु“दैन भन्ने त मलाई लाग्दैन । उनीहरू पनि राजनीतिमा आउन हुन्छ । तर, आफ्नो अभिभावकलाई भ¥याङ बनाएर पद लिन खोज्नु र प्यारासुटबाट झरेर थपक्क पदमा आएर बस्नु गलत हो । मेरो हकमा कुरा गर्नु हुन्छ भने म तल्लो तहबाटै यहा“सम्म आएको हु“ । ०६४ र ०७० मा त निर्वाचन नै लडेको छु । प्रतिष्पर्धा गरेर राजनीतिमा आउनुलाई आलोचना गर्नु हु“दैन । आलोचना त्यतिबेला गर्नु जायज हुन्छ जतिबेला नेताको छोराछोरीले अभिभावकको शक्तिको दुरुपयोग गरेर पार्टीमा स्थान बनाउ“छन् । 
सा“घु–बुबा पटक–पटक प्रधानमन्त्री बन्नुभयो । तपाईंको पनि प्रधानमन्त्री बन्ने अभिष्ट बा“की नै छ कि कसो ? 
जयन्त चन्द,–तत्काललाई पार्टीको महामन्त्री छु । सचिवालय हेर्ने जिम्मेवारी पनि पाएकाले यो भूमिका निर्वाह गरिरहेको छु । जहा“सम्म प्रधानमन्त्री बन्ने भन्ने कुरा छ नेपालको वर्तमान राजनीतिक परिस्थितिलाई हेर्दा राप्रपाबाट प्रधानमन्त्री हुन सम्भव देखि“दैन । मन्त्री र माननीय हुन पनि यो पार्टीबाट अब गाह्रो छ । पदका लागि भन्दा पनि आफ्नो सिद्धान्त र विचार स्थापित गराउनु मेरो मुख्य ध्येय हो । यसबाहेक मेरो अरु कुनै चाहना छैन ।