🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

छोराहरू अघि सारेर ६७ करोडको कमिशन खेती जग्गा काण्ड ः मलहोत्राले मिलाए अख्तियार ?

काठमाडौं । नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्काले आफ्नै छोरा संचालक रहेको कम्पनीबाट आयल निगमको लागि जग्गा खरिद गरेका छन् । खड्काका कान्छा छोरा रिजन खड्का संचालक हरेको एडभेन्चर इन्टरनेशनल प्रालिबाट चितवन र सर्लाहीमा निगमले जग्गा खरिद गरेको छ । निगमले चितवन र सर्लाहीमा २०÷२० बिगाहा जग्गा एडभेन्चरसंग खरिद गरेको छ । जुन जग्गा प्रचलित मूल्यभन्दा दुई गुणा महंगोमा खरिद गरिएको छ । 
पेट्रोलियम पदार्थको भण्डारण निर्माणका लागि जग्गा खरिद गर्दा ६७ करोड रुपैया“ अनियमितता भएको सार्वजनिक भइसकेको छ । जग्गा दलालसंगको मिलेमतोमा प्रचलित मूल्यभन्दा दोब्बर तेब्बर बढी मूल्य तिरेर निगमले जग्गा खरिद गरेको छ । निगमले करिब १ अर्ब ६१ करोड रुपैया“को जग्गा खरिद गर्ने क्रममा भैरहवामा खोलाको बगरसमेत किनेको छ । निगमले चार वटा प्रदेशमा जग्गा खरिद गरिसकेकोक छ । २ नम्बर प्रदेशको सर्लाही र ३ नम्बरको चितवनमा भने प्रबन्ध निर्देशक खड्काका छोरा संचालक रहेको कम्पनीबाट खरिद गरिएको छ । प्रचलित मूल्यभन्दा ५० प्रतिशत महंगोमा जग्गा खरिद गरी घोटाला गरिएको उजागर भए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग मौन छ । दीपक मल्होत्रा समेत संचालक रहेको एडभेन्चर इन्टरनेशनलमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष झलनाथ खनालका छोरा निर्भिक चित्रकार खनाल, रामेश्वर थापाका छोरा सुरेश थापा, विनोद भण्डारी पनि संलग्न छन् । आयल निगमको जग्गा खरिदमा ६७ करोड रुपैया“ घोटाला हु“दा पनि अख्तियार मौन छ । चर्चित पुराना सुनतस्कर मल्होत्राले विगतमा लोकमानसिंह कार्कीलाई प्रभावमा पारी हिमाल सिमेन्टको सम्पत्तिदेखि विभिन्न टेण्डर हत्याउ“दैआएका थिए । अहिले प्रमुख आयुक्त दीप बस्न्यातलाई पनि मल्होत्राले सेटिङ गरेका कारण प्रचलित मूल्यभन्दा तेब्बर बढीमा जग्गा खरिद गरेको पुष्टि भइसक्दा पनि अख्तियारले छानबिनमा चासो देखाएको छैन । भैरहवामा त खोलाको बगर नै खरिद गरेको पर्दाफास भइसकेको छ । तर यति ठूलो भ्रष्टाचारमा अख्तियार चुप बस्नुले मल्होत्राको पहुँचले काम गरेको अर्थ लगाउन थालिएको छ ।  
निगमले सातै प्रदेशमा इन्धन भण्डारण स्थल बनाउन करीब ६ अर्ब रुपैया“ बजेट बिनियोजन गरेर जग्गा खरिद अघि बढाएको थियो । त्यसमा चारवटा प्रदेशमा खरिद गरिसकेको छ । तीमध्ये झापा, सर्लाही, चितवन र भैरहवामा करिब एक अर्ब ६१ करोड रुपैयाँको जग्गा खरिद गरिसकेको छ । संसद्को उद्योग वाणिज्य तथा उपभोक्त हित सम्बन्ध समितिले सरकारी स्वामित्वको निगमलाई पूर्वाधार तयार गर्दा सकेसम्म सरकारी जग्गा नै खोज्न निर्देशन दिएको थियो । तर कमिसन खानका लागि निगमले खोलाको बगरसमेत किनेको छ । घुसका लागि खोलाको बगरसमेत किन्ने अपराधमा संलग्न निगमका अधिकारीलाई तत्काल निलम्बन गर्नुपर्नेमा अख्तियारले छानबिनका लागि फाइलसमेत तानेको छैन । 
निगमका प्रबन्ध निर्देशक गोपाल खड्काले भूमाफियाहरूसंग मिलेर निगमलाई १९ करोड ९३ लाख ७६ हजार १ सय रुपैया“ नोक्सान पारेका छन् । गोपाल खड्काले आफ्नै छोरा संचालक रहेको कम्पनीबाट जग्गा खरिद गरेपछि उनीमाथि कारबाही गर्न चौतर्फी दबाब परेको छ । संसदको उपभोक्ता हित सम्बन्ध समिति र अर्थसमितिले उनलाई जग्गा खरिदमा भएको अनियमितताबारे बयान लिएको छ । तर उनी अर्थ र उपभोक्ता हित दुवै समितिका सभापतिदेखि चल्ताफिर्ता सांसदलाई जग्गा खरिदमा प्राप्त कमिसनको बुझो लगाउने सूत्रको खोजीमा लागेका छन् । अख्तियारका प्रमुख आयुक्त बस्न्यात नाताले सम्धी पर्ने हुनाले कारबाही नहुने तर संसदीय समितिबाट खतरा देखेका कारण अर्थ समितिका सभापति प्रकाश ज्वाला र उपभोक्ता हितका सभापति भीष्मराज आङदेम्बेलाई प्रभावित पार्ने सूत्रको खोजीमा लागेको चर्चा पनि छ ।