(स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भइसकेका छन् । अब २०७४ असोज २ मा बा“की रहेको २ नम्बर प्रदेशको निर्वाचन गर्ने सरकारको तयारी छ । पहिलो र दोस्रो चरणमा निर्वाचन भइसकेका स्थानमा यसपटक व्यवस्थापिका संसद्को दोस्रो ठूलो दल नेकपा एमालेलाई अग्रता मिलेको छ । नेकपा एमाले– १२,२०० भन्दा बढी संख्या जितेर पहिलो शक्ति कांग्रेसलाई पछि पार्दै एमाले अघि बढेको छ । स्थानीय तह निर्वाचनमा एमालेले अग्रता लिनुको कारण के होला ? दुई चरणमा भएको स्थानीय तह निर्वाचनले गरेको संकेत के हो ? यिनै प्रश्न हामीले विभिन्न व्यक्तिलाई सोधेका छौं । प्रस्तुत छ, उनीहरूको भनाइः सम्पादक)
संसदीय प्रतिस्पर्धामा अघि–पछि भइरहन्छ
स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । सम्पन्न निर्वाचनले धेरै संकेतहरू गरेका छन् । सबैभन्दा महत्त्वपूर्ण कुरा यो निर्वाचनले जनप्रतिनिधि शाषनको पक्षमा जनता रहेछन् भन्ने देखाएको छ । निर्वाचित जनप्रतिनिधिप्रति जनताले ठूलो आशा र भरोसा राखेको हुनाले आउ“दा दिनमा जनप्रतिनिधिहरू जनचाहना अनुरुप अघि बढे भने धेरै कुरा राम्रो हुनेछ ।
यो निर्वाचनमा जनताको छनोट अघिल्ला निर्वाचनभन्दा अलि फरक आएको देखियो । पहिलो शक्ति नेपाली कांग्रेसलाई एमालेले दुई चरण निर्वाचनमा पछि पारेको देखिएको छ । मलाई यो परिणाम स्वभाविक लाग्छ । एमाले र कांग्रेस संसदीय प्रतिस्पर्धी दलकै रुपमा रहेकाले उनीहरूबीच कहिले को अघि कहिले को ठूलो हुने क्रम चली नै रहन्छ । यो परिणाममा एमाले अघि आउ“दा त्यस्तो कुनै विशेष एजेन्डाले काम गरेजस्तो मलाई लाग्दैन ।
२ नं. प्रदेशमा पनि एमाले नै पहिलो हुन्छ
स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचन सम्पन्न भएको छ । यो निर्वाचनपछिको मेरो बुझाइ के हो भने नेपालका मतदाताहरू यतिधेरै दीक्षित र विश्लेषणात्मक भइसके कि उनीहरूले जातीय क्षेत्रीय, वर्गीय र धार्मिक राजनीति गर्ने दलहरूलाई मनपराएनन् । जसले गर्दा मधेसी दल मात्रै होइन, राजपा, नया“ शक्ति फोरम लोकतान्त्रिकदेखि वर्गीय र पक्षीय राजनीति गर्ने दललाई जनताले मन पराएनन् भन्ने सन्देश पनि जनताले यो निर्वाचनबाट दिएका छन् ।
अब २ नम्बर प्रदेशमा निर्वाचन हु“दैछ । असोज २ का लागि त्यहा“ निर्वाचन गर्ने भनिएको छ । २ प्रदेशमा निर्वाचन हु“दा कसको स्थिति के हुन्छ भन्ने कुरा केही कुराहरूले निर्धारण गर्छ । जस्तो राजपा निर्वाचनमा जान्छ कि जा“दैन, त्यसले २ नम्बर प्रदेशमा को पहिलो हुन्छ भन्ने कुराको निर्धारण गर्छ । यदि राजपा निर्वाचनमा गयो भने त्यहँ“ पनि एमाले नै पहिलो दल बन्नेछ । राजपा निर्वाचनमा गएन भने त्यहा“ कांग्रेस ठूलो दल बन्न सक्छ । त्यसैले राजपालाई निर्वाचनमा जानबाट रोक्न कांग्रेसले प्रयास गरिरहेको छ । कांग्रेसको त्यो प्रयासको सफलता र विफलतामा त्यहा“को निर्वाचन परिणाम प्रभावित हुन सक्नेछ भन्ने मेरो आ“कलन छ ।



