🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सर्बोच्चको सर्बोच्चता माथि खेलबाड नहोस् श्रीमान ! \’श्रीमान\’हरुले कान्तिपुर रोज्ने कि न्यायिक स्वतन्त्रता ??

काठमाडौँ, २९  फागुन । स्वतन्त्र न्यायपालिकाको हुर्मत लिंदै विभाजित हुने नपर्ने, न्यायिक निरोपण गर्नुपर्ने सर्बोच्च अदालतका न्यायाधीशहरु  कान्तिपुर दैनिकको पक्षमा र विपक्ष विभाजित  भएर मुद्दा हेर्ने र नहेर्ने समूह बनेपछि गरीब जनताले तिरेको करबाट मासिक लाखौ  रुपैंयाको सुविधा उपभोग गर्ने  तर, आफ्नो तोकिएको जिम्मेवारीबाट पन्छिने श्रीमानहरु आलोचनाको पात्र बनेका  छन् ।

 स्वतन्त्र न्यायपालिकाको स्वतन्त्र अस्तित्वलाई चुनौती दिंदै माइतीघर मण्डलामा कसैको उक्साहटमा भेला हुने समूहलाई प्रोत्साहित गर्दै सर्बोच्च अदालतका न्यायाधीशहरुले आफ्नो कर्तव्यबाट च्यूत भएको लाजमर्दो कालो इतिहास राख्दै छन्।  सर्बोच्चका श्रीमानहरु नै  ट्रेड युनियनका कर्मचारी झैं अराजक बन्नु स्वतन्त्र न्यायपालिकाको योभन्दा ठूलो दुर्भाग्य के होला ?

कुनै सैध्दान्तिक मुद्दामा मतभेद वा विवाद भएको भएपनि सर्बोच्च अदालतले सिद्धान्त नै प्रतिपादन गर्न थालेको छ भनेर चित्त बुझाउने ठाउँ पनि छिटो छरितो न्यायको चाहना राख्नेहरुलाई प्राप्त छैन। सर्बोच्चा अदालतको अवहेलना मुद्दामा   कान्तिपुर दैनिकको पक्षमा उभिएका श्रीमानहरुमा दीपकराज जोशी, प्रकाश  राउत, हरिकृष्ण कार्की, सपना प्रधान मल्ल, आनन्दमोहन भट्टराई, ईश्वर खतिवडा, बिश्वम्भर श्रेष्ठ, अनिलकुमार सिन्हा २०७४ फागुन २९ गते बेन्चमै नबसेर  सर्बोच्चको सर्बोच्चातामाथि नै प्रश्न खडा गरेका छन्।

 
  सर्बोच्च अदालतका न्यायाधीशको मर्यादामा रहेर आफ्नो कर्तब्य निभाउने श्रीमानहरुमा ओमप्रकाश मिश्र, डम्बर शाही, मीरा खड्का, बमकुमार श्रेष्ठ, दीपक कार्की, टँक मोक्तान, केदार चालिसे, शारदा घिमिरे, पुरुषोत्तम भण्डारी, तेजबहादुर केसी, गोपाल पराजुलीद्वारा चाहिँ २०७४ फागुन २९ गते पनि नियमित कम कारवाहीमा संलग्न भएर विभिन्न मुद्दा हेरेको   बताइञ्छन  !

२०७४ फागुन २८ गते मात्र श्रीमान  चोलेन्द्र समशेर राणा रातारात किन पिपलको पात झैं पर्लक्क पल्टिए भन्ने जिज्ञासा सर्बत्र उत्पन्न भएको छ।  सर्बोच्च अदालतको इतिहासमा श्रीमानहरु यसरी विभाजित भएको २०४८ साला पछिको यो  दोस्रो  घटना भएको चर्चा न्यायिक क्षेत्र चलेको छ।  नेपाल बार एसोसियसन भने स्वतन्त्र न्यायालयको पक्षमा उभिंदै प्रधान न्यायाधीश गोपाल पराजुलीलाई साथ दिएको छ।

सर्बोच्च अदालतको इतिहासमा श्रीमानहरुको विभाजनले न्यायिक क्षेत्रमा संकट उत्पन्न भएको छ।  अब यो संकट मोचन समाधान गर्नका लागि प्रधान न्यायाधीश गोपाल पराजुलीले राष्ट्रपति समक्ष राजीनामा दिने बाहेक अन्य विकल्प केही छैन।   उत्पन्न संकट मोचन गर्ने अर्को उपाए भनेको श्रीमान चोलेन्द्र समशेर जबरालाई संविधानको धारा १५३ को (उप धारा ४/ ५) अनुसार न्याय परिषदले कारवाही गर्ने बाहेक अन्य उपाए केही छैन।  अहिले  प्रधान न्यायाधीश गोपाल पराजुलीले राजीनामा दिने सम्भावना पनि नभएकाले स्वतन्त्र न्यायपालिकालाई बचाउन र यसको  रक्षाका लागि आज २०७४ फागुन २९ गते मुद्दा नहेरेका श्रीमानहरुले खुरुक्क मुद्दा हेरेर सर्बोच्च अदालतमाथि मडारिएको ''कालो बादल र अमिलो भएको मन'' बुझाउने विकल्प मात्र रहेको देखिन्छ।  

झन्डै यस्तै विवाद २०४८ मा तात्कालीन प्रधान न्यायाधीश विश्वनाथ उपाध्याय र हर्गोबिन्दा सिंह प्रधानबीच लामोसमय मतभेद चल्यो।  स्वतन्त्र न्यायालय भित्र 'कालो बादल, 'मन अमिलो' हुन थालेपछि नेपाल बार एसोसियसनका वरिष्ठ अधिवक्ताहरुको राय सल्लाहमा फूलकोर्ट बसेर दुवै श्रीमानलाई आत्मा आलोचन गर्न लगाएपछि विवाद साम्य भएर मुद्दा हेर्न थलिएको इतिहास रहेको बताइन्छ।