🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तामाङ गाउँमा क्रिश्चियन पसे, संस्कृति ध्वस्त

धर्म मेटे संस्कृति मेटिन्छ ! संस्कृति मेटे सिङ्गो पहिचान मेटिन्छ । क्रिस्चियनले सिङ्गो तामाङ वस्तीको पहिचान मेट्दा ‘चुँ’ नबोल्नेहरुले आफूलाई पहिचानवादीको बिल्ला भिरेर हिंडेको देख्दा छक्क पर्छु ! पहिचानको नाउँमा हिन्दुलाई गाली गर्दै बौद्धसँग जुधाउन खटेका खेतालोहरुले यस्तो बारेमा नबोल्नु स्वाभाविकै हो !!

गुम्बाको साटो चर्च

बौद्ध गाउँहरूमा पस्दा रिसाङ गोम्बो (बौद्ध मन्दिर) हरू भेटिन्छ। खोला भएको ठाउँमा क्षुखोर्मो (पानीले घुमाउने मानी) पनि हुन्छ। तर, ती चिजहरू लब्दुङमा हराइसकेका रहेछन्। चौतारो पनि मानी र क्षोर्तेनविहीन भैसकेका थिए। गाउँ सिरानको सानो गुम्बा भत्किन लागेको रहेछ। गुम्बामुनिको बीच बाटोको ढुङ्गामा क्रस चिन्ह देखियो। केही तल मानी र क्षोर्तेन भेटियो, तर न तिनलाई दाहिने पारेर घुम्ने बाटो थियो न त उचेन लिपिमा "ओम मानी पेमे हुङरी" लेखिएको ढुङ्गाका पाताहरू नै थिए। गाउँको पुछारमा रहेको पुरानो क्षोर्तेनको सुरको ढुङ्गा पनि खस्नै लागेको रहेछ। मर्मत गरे एकै दिनको काम हो त्यो।

यो पुरानो बौद्ध गाउँमा संस्कृतिका धरोहरहरू धमाधम लोप हुँदैरहेछन्। धार्मिक आस्थामा आएको परिवर्तनसँगै यस्ता धरोहरहरूप्रतिको वास्ता निख्रँदैगएको रहेछ। लब्दुङमा अर्को एउटा गुम्बा र तीनवटा चर्च भएछन्। मौलिक संस्कृति लोप भयो। मानिसहरूका नामसमेत परिवर्तन भए। क्राइष्ट बाहेक अन्य सबै देवदेवीलाई शैतान भनिंदो रहेछ। भन्नेलाई सजिलो होला, तर सुन्नेलाई अप्ठ्यारो भयो…

(फुर्वा तामाङको स्थलगत रिपोर्टिङबाट)

– Mohan Lama Rumba \\ Madhusudan Regmi