🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेनामा भएको यौन दुर्व्यवहारबारे क्यानडाकी रक्षामन्त्रीले मागिन् माफी

ओटावा । क्यानडाको सेनामा भएको यौन दुर्व्यवहार र पीडितप्रति सरकारले क्षमा मागेको छ ।  रक्षामन्त्री अनिता आनन्द, सहायक रक्षामन्त्री जोडी थोमस र जनरल वायन आयरले संयुक्त रुपमा माफी मागेका हुन् ।

‘दन्डहीनता र प्रणालीगत त्रुटीका कारण अनगिन्ती जीवनमा हानी पुगेको छ,’ रक्षामन्त्री आनन्दले भनिन्, ‘यो रक्षा मन्त्रालय, क्यानडाको सेना र सरकारको असफलता हो । त्यसका लागि सरकारका तर्फबाट माफी माग्न चाहन्छु,’ उनले भनिन् ।

यौन दुर्व्यवाहरको घटनालाई लिएर एक वर्षयता सेनाका वरिष्ठ अधिकारीहरु पदमुक्त भएका छन् । अहिलेसम्म पूर्व तथा वहालवाला गरि ११ जना सैन्य अधिकारी बर्खास्तगीमा परेका छन् । उनीहरुमाथि सरकारले अनुसन्धान गरिरहेको छ ।  

पूर्व तथा वर्तमान गरी नोभेम्बरसम्म १९ हजार जनाले आफूहरुमाथि यौन दुर्व्यवहार भएको भन्दै गुनासो गर्दै आएका छन् ।