🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
—
वार
—
नेपाल समय
—
💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.…/तोला │ ⚪ चाँदी: Rs.…/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
—
—
तिथि
—
— —
आSun
सोMon
मंTue
बुWed
बिThu
शुFri
शSat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...
—
—

कोपा अमेरिका सन् २०२१ मा गर्नेगरी स्थगित

असुनसियोन, पराग्वे, ४ चैत : यो वर्षको ग्रीष्म ऋतुमा अर्जेन्टिनामा हुनेगरी तय भएको दक्षिण अमेरिकाको प्रमुख प्रसिद्ध फुटबल प्रतिस्पर्धा, कोपा अमेरिका, एक वर्ष पछि सन् २०२१ मा हुनेगरी स्थगित गरिएको छ ।

कोरोनाभाइरसको प्रकोप विश्वव्यापी बनिरहेका समय कोपा अमेरिकालाई पनि यसको प्रभाव पर्ने देखिएपछि एक वर्ष पछि सारिएको आयोजक दक्षिण अमेरिकी फुटबल सङ्घले मङ्गलबार बताएको हो ।

कोपा कप फुटबलबारे यो निर्णय यूरोपेली फुटबल महासंघ (यूईएफए) ले यूरो कप फुटबल २०२० लाई एक वर्ष पछि गर्ने गरी आएको सूचना लगत्तै आएको हो । कोपा कप यसै वर्षको जुन ११ देखि जुलाई ११ सम्म हुने कार्यक्रम तय भएको थियो ।

खेल यस वर्ष पहिलो पटक दुई मुलुक अर्जेन्टिना र कोलम्वियामा गरिने भएको थियो भने दक्षिण अमेरिकी मुलुकबाहेक कतार र अष्ट्रेलिया पनि आमन्त्रित समूहका रूपमा समावेश गरी १२ मुलुकका फुटबल समूहले प्रतिस्पर्धामा सहभागिता जनाउने तयारी रहेको थियो । (रासस÷एएफपी)