🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रुसी तेल भारतले युरोपमा बेच्यो, अब बन्द गर्नुपर्छः युरोपेली बिदेश प्रमुख

लन्डन । युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले  रुसी तेललाई प्रशोधित इन्धनका रूपमा भारतले युरोपमा बिक्री गरेको भन्दै युरोपेली संघले कारबाही गर्नुपर्ने बताएका छन् ।

मंगलबार फाइनान्सियल टाइम्समा प्रकाशित एक लेखमा, ‘रुसबाट भारतमा तेलको प्रवाह रोक्न हामीले कदम चाल्नु पर्छ’ भनेका छन् । मस्कोले युक्रेनमा आक्रमण गरेदेखि रूसी तेलको सबैभन्दा ठूलो खरीददारहरू मध्ये एक भारत भएको उल्लेख गर्दै सो उनले सो कदम रोक्नका लागि प्रयास गर्नुपर्ने बताएका छन् । 

‘यदि डिजेल वा पेट्रोल युरोपमा प्रवेश गर्दैछ, भारतबाट रुसी तेल आउँदैछ भने यो निश्चित रूपमा छलछाम हो र युरोपेली सदस्य राष्ट्रहरूले अब नयाँ कदम चाल्नु पर्छ,’ उनले भनेका छन् ।

‘यदि तिनी (भारत) ले बेच्छ हामी (युरोप) कसले किन्दैछ भनेर अब हेर्नु पर्छ,’ उनले अगाडी भनेका छन् । अहिलेसम्म रुसी तेल युरोपमा बेच्ने भारतको काम कारबाही रोक्नका लागि युरोपेली संघले कुनै कदम चालेको छैन। 

यद्यपि, बोरेलले भनेका छन कि अब मुद्धा भारतका विदेशमन्त्रीसँग उठाउनेछन्, जसलाई उनले मंगलबार भेट्दैछन् ।