काठमाडौं । विभिन्न अनियमिततामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारवाहीका लागि सिफारिश गरिएकी डा. पुष्पा चौधरीलाइ पैसाको भरमा सचिव नियुक्त गरेपछि सबै कर्मचारीहरू रुष्ट बनेको खबर छ । स्वास्थ्य मन्त्रालयमा चलेको चर्चा अनुसार, डा. आरजु देउवालाई दुई करोड र विभागीय मन्त्री दीपक बोहोरालाई एक करोड बुझाएर चौधरी सचिव भएपछि सबै सरोकारवालाहरू चकित भएका हुन् । स्त्रीरोग विशेषज्ञलाई मन्त्रालयको नीति निर्माण गर्ने जिम्मेवारी दिंदा प्रभावकारी नहुने प्रष्ट भएको स्रोत बताउछ ।
यसअघि स्वास्थ्य सेवा विभागको महानिर्देशक बन्दा तत्कालीन स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई पुष्पा चौधरीले एक करोड भेटी चढाएको स्वास्थ्यका उच्चपदस्थदेखि तल्ला तहका कर्मचारीले अझै भुलेका छैनन् । जहिले पनि पैसाको भरमा लाभको पद प्राप्त गर्न माहिर डा. पुष्पाको प्रशासनिक ज्ञान शून्य र निर्णय क्षमता कमजोर रहेको कुरा कर्मचारीहरू चर्चा गर्ने गर्दछन् । पैसाको लागि जे पनि गर्ने आरजु देउवा र दीपक बोहराले क्षमताका आधारमा भन्दा शुभलाभ प्राप्त भएकैले चौधरीलाई सचिव बनाएको कर्मचारीहरूको रहने गरेको छ ।
स्वास्थ्य सेवा विभागमा महानिर्देशक बन्न डा. भीम आचार्यले डा. यशोबर्धनमार्फत सुपारी बुझाका थिए भने डा. तारानाथ पौडेल पनि खुब दौडधुपमा लागे । सबैभन्दा चतुर डा. राजेन्द्र पन्तले मन्त्रीलाई चुनाव खर्च दिएर आफ्नो पदलाइ सुरक्षित बनाएको भ्रममा रहेपनि अन्तमा यिनीहरूकै विवादका कारण कसैले पनि पाएनन् ।
परिवार स्वास्थ्य महाशाखामा डा. विकास देवकोटा, राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रमा डा. वासुदेव पाण्डेको सरुवा भएको छ । मध्यमान्चल क्षेत्रीय निर्देशनालय हेटौंडामा डा. मदन उपाध्याय र दिपायलमा डा. अनुप भट्टचनलाई पदस्थापना गरिएको छ । सरुवा तथा पदस्थापना गर्दा तत्कालीन मन्त्री बोहरा र सचिव चोधरीले ठूलै लाभ लिएको स्रोत बताउँछ । स्वास्थ्य मन्त्रालयको सचिव पद घुसमा नियुक्ति भए जस्तै प्रदेश सचिवमा पनि स्वास्थ्यबाट हुने सचिवमा पैसाको मोलमोलाई शुरु भैसकेको खबर छ ।
बाल स्वास्थ्य महाशाखाको खोप शाखाबाट पूर्ण खोप जिल्ला घोषणामा जात्रा शुरु भएको छ । पहिला सतासी प्रतशित बालबालिकाहरूले पूर्ण खोप पाएका थिए । यसपटकको अभियान संचालन पश्चात अठहत्तर प्रतिशत बालबालिकाले मात्र पूर्ण खोप पाएका छन् । नेपाल सरकार, स्थानीय तह, विश्व स्वास्थ्य संगठनलगायत सबैको लागत हिसाब गर्दा एक अर्ब जति रकम खर्च भएपनि उपलब्धि नाम मात्रको भएको छ ।
केन्द्रबाट जानेले ज्वाँईं सत्कार पाउने, माला लगाउने, बाजा बजाउने, रमाउने काम बाहेक लक्षित बालबालिकाहरूलाई यस कार्यक्रमबाट उल्लेखनीय फाइदा नपुगेको खोप विज्ञ बताउँछन् । आइपीभी खोप सकिएको दुई वर्ष भैसकेको छ । अर्को वर्षदेखि रोटा भाइरस खोप दिने भनिएतापनि कुनै तयारी अगाडि बढेको छैन । यो दुर्गतिलाई नयाँ आउने स्वास्थ्य मन्त्रीले कसरी सम्हाल्ने हुन् हेर्न बाँकी नै छ ।



