एक युवकको मनमा अमरत्व कसरी प्राप्त गर्ने भन्ने भूत सवार भइरहेको थियो । उसले एक महात्मालाई सोध्यो–के तपाईं मलाई अमर हुने उपाय बताउन सक्नुहुन्छ ? महात्माले यसो भने–पहिला तिमी मेरा केही प्रश्नको उत्तर देऊ । के तिमीले राजा हरिश्चन्द्रको नाम सुनेका छौ ? अँ सुनेको छु, उनी एक सत्यवादी राजा थिए । महात्माले अर्को प्रश्न गर्दै सोधे–‘के तिमी भन्न सक्छौ, उनको शासनकालमा उनको राज्यकी सवभन्दा सुन्दर आइमाई को थिइन् ? प्रश्न सुनेर युवक अलमलमा परे । यो कुरा कसले कसरी बताउन सक्छ र ? इतिहासमा कति महिला सुन्दरी भए ? महात्माले मुस्कुराउँदै भने हो, यही हो अमर हुने रहस्यको कुरा । राजा हरिश्चन्द्र मरेको सयौं वर्ष वितिसक्दा पनि उनी आफ्नो अनुकरणीय कर्मको कारण आजसम्म तिम्रो स्मृतिमा जीवित छन् । हामी हाम्रो उदाहरणीय कर्मबाटै अमरत्व प्राप्त गर्न सक्छौं । शारीरिक सुन्दरता बेकारको कुरा हो । त्यो शरीरको साथ साथै नास हुन्छ । युवकलाई महात्माको कुराले चित्त बुझ्यो र ऊ घरतिर लाग्यो ।
अमरत्वको रहस्य



