🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काम गर्ने आफूले जानेको 

एकजना सेठ र एकजना लेखकका बीचमा विचारको भिन्नता भएपनि उनीहरूका बीचमा घनिष्ट मित्रता थियो । सेठ जहिले पनि आफ्नो कारोवार बढाउन तथा पैसा कमाउन व्यस्त रहन्थे तथा त्यसैका निम्ति कडा परिश्रम गर्दथे । लेखक पनि हरेक समय आफ्नो कार्यमा व्यस्त रहन्थे र राम्रोभन्दा राम्रो रचना लेख्नका निम्ति कठिन परिश्रम गर्दथे ।

लेखकले कमाएको पैसाले उसको गृहस्थी चलाउनका निम्ति पर्याप्त थिएन तैपनि लेखक सन्तुष्ट थिए । धनवान मित्र सेठ समय–समयमा उसलाई आर्थिक सहायता गर्न चाहन्थे तर लेखक त्यस्तो सहायतालाई विनम्रतापूर्वक अस्वीकार गर्दथे । सेठलाई भने उसको जर्जर आर्थिक देखेर दुःख लाग्दथ्यो । एकदिन सेठले लेखकसँग भने, यदि तिमी चाहन्छौं भने मसँग मिलेर कारोवार गर्न सक्दछौ ।

लेखक एकछिन चुप बसे र मुस्कुराउँदै भने–मित्र तिमीले पनि आफ्नो कारोवार छाडेर मेरै जस्तो लेख्ने काम गरे हुँदैन र ? लेखकको कुरा सुनेर सेठ लज्जित भए र केही जवाफ दिन सकेनन् । त्यसपछि लेखकले नै आफ्नो कुरा अगाडि बढाउँदै भने–मित्र जसले जे जानेको छ त्यही गर्नुपर्दछ । त्यसकारण न त म कारोवार गरेर तिमीजस्तो सेठ नै बन्न सक्दछु न त तिमी नै म जस्तो लेखक । अनि हाम्रो मित्रताको आधार पनि यही हो । त्यसपछि सेठले आफ्नो साथीको भनाइको मर्म बुझे ।