कहिलेकाहीं मानिससँग नसोचेका घटनाहरू घट्ने गर्दछन् । केही यस्तै घटना घट्यो चर्चित मोडल मिशेल लेविनको साथमा । उनी एक भेनेजुवेयलाकी फिटनेश मोडल हुन् जो एक फोटो सुटका लागि । त्यो फोटो सुट उनका लागि दुखदायी घटना बन्यो । उनी फोटो सुटका लागि बहमासको चर्चित पिग आइल्याण्डमा गएकी थिइन ।
३२ बर्षीया यी मोडलले आफ्नो इन्स्टाग्राममा एक भिडियो शेयर गरेकी छिन् । जसमा विकिनीमा उनी समुद्र किनारमा रमाइरहेकी थिइन । त्यहाँ सुँगुर पनि थियो । जब उनी सुँगुरसँग फोटो लिन थालिन तब उनीमाथि संगुरको हमला भयो । उक्त भिडियोमा सुँगुरको खेदाईबाट विकिनीमा उनी भागिरहेको देख्न सकिन्छ । उनको यो भिडियोले ५० लाखभन्दा बढी भ्यू प्राप्त गरिसकेको छ ।



