काठमाडौं, फागुन १४ । नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) ले चाँडै प्रतिवेदन पेश गर्ने भएको छ।
आज सोमबार काठमाडौंमा पत्रकारहरुसँग साक्षात्कार गर्दै भारतको तर्फबाट ईपीजी सदस्य भगतसिंह कोशियारीले भने, “१९५० को सन्धिको बिषय छ, ट्रेड एण्ड ट्रान्जिट बिषय छ, पानीको बिषय र कनेक्टिभीटी बिषयहरु छन्। भारतबाट नेपालमा रेल आउनुपर्छ, साईबर क्राईमबारे मिलेर काम गर्नुपर्छ र वातावरणीय विषयहरु छन् ।”
“यी सबै विषयमा कसरी हामी आपसमा मिलेर काम गर्न सक्छौं भनेर व्यापक छलफल गरेका छौं । अव आउने प्रतिवेदन दुवै देशको हितमा हुनेछ । प्रतिवेदन आएपछि नेपालीहरु खुशी हुनेछन्। म नेपालीहरु प्रशन्न भएको देख्न चाहन्छु । यही हाम्रो प्रयास छ ।”



