🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

आज यिनीहरु मन्त्री बन्दैछन् एमाले पार्टीबाट

काठमाडौं, फागुन १४ \\   आज सोमबार अपरान्ह ४ बजे मन्त्रीमण्डल बिस्तार हुने कार्यक्रम तय भैसक्दासमेत् एमालेबाट मन्त्रिमण्डलमा सामेल हुने नाम अत्यन्तै गोप्य राखिएको छ। सपथग्रहण समारोहमै, त्यहीं, तत्कालै नाम बोलाउनेगरी सबैलाइ शीतलनिवासमा उपस्थित हुन उर्दी गरिएको छ।

आज एमालेबाट बढीमा ८ जनाले मन्त्री पदको सपथग्रहण गर्ने सम्भावना छ। 

सचिव प्रदीप ज्ञवालीले अर्थ मन्त्रालयकै दावी गरेको भएपनि स्रोतका अनुसार ईश्वर पोखरेल नै अर्थमन्त्री बन्नेछन् । तर, अर्थमन्त्रीमा डा.युवराज खतिवडाको सम्भावना पनि प्रवल छ।  ज्ञवालीलाई प्रधानमन्त्रीले परराष्ट्र मन्त्री बनाउने सम्भावना छ। तर, उपेन्द्र यादव सरकारमा सहभागी भएभने परराष्ट्र मन्त्रालय उनलाइ दिनुपर्ने स्थिति पनि छ।

योगेश भट्टराईलाई सूचना तथा सन्चार प्रविधि मन्त्रालय तथा रविन्द्र अधिकारीलाइ भौतिक पूर्वाधार मन्त्रालय दिने सम्भावना भएको स्रोतले बतायो।

मन्त्रीमण्डलमा सामेल हुनेमा, भानुभक्त ढकाल, प्रेम आले, हृदयेश त्रिपाठी, सुरेन्द्र पाण्डे, छबिलाल विश्वकर्मा, कृष्णगोपाल श्रेष्ठ, गोकुल बास्कोटा, शेरबहादुर तामाङ र यज्ञराज सुनुवारको नाम चर्चामा छ।