🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बादलको नेतृत्वमा आज माओवादीबाट को-को मन्त्री बन्दैछन् ?

काठमाडौं, फागुन १४ \\    माओवादी अध्यक्ष प्रचण्डले आज सोमबार प्रधानमन्त्री ओलीलाई मन्त्रीको नामावली बुझाएका छन् । रामबहादुर थापा बादलको नेतृत्वमा माओवादी सरकारमा सहभागी हुने र बादलले गृह मन्त्रालय सम्हाल्नेगरी प्रचण्डले प्रधानमन्त्रीलाइ मन्त्रीहरुको नामावली बुझाएको स्रोतले बतायो।

माओवादीबाट मन्त्री बन्नेहरुमा गिरिराजमणि पोखरेल, मातृका यादव र विना मगरको नाम पक्का भएको स्रोतले बतायो। माओवादीबाट आज बादल र मातृका यादव दुइजना मात्र मन्त्रिमण्डलमा सामेल हुने पनि स्रोतले बतायो। मात्रिकालाई उद्योग वाणिज्य मन्त्रालय दिने तयारी गरिएको छ।

वर्षमान पुन अनन्त, शक्ति बस्नेत र जनार्दन शर्मा पनि मन्त्री बन्ने लाइनमा छन्।

माओवादीको भागमा परेकोमध्ये दुइटा मन्त्रालय साटफेर गर्न प्रचण्डले कसरत गरिरहेको एमाले स्रोतले बतायो।

आज ४ बजे नयाँ मन्त्रीहरुको सपथ हुनेछ।