काठमाडौं, फागुन ८ \\ पार्टी एकताको लागि हिजो भएको प्रारम्भिक समझदारीको आधारमा अन्तरिम विधान तैयार गर्न कार्यदल बनाइएको छ। कार्यदलको प्रतिवेदनपछि पार्टी एकताको औपचारिक घोषणा अगाडी बढ्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए।
“दुईवटा कार्यदल बनेको छ। यी कार्यदलको प्रतिवेदनपछि केन्द्रीय समितिको संयुक्त बैठक बस्छ। त्यसपछि पुराना केन्द्रीय समिति विघटन गरेर नयाँ केन्द्रीय समिति बनाउँछौं। नयाँ केन्द्रीय समिति बनाएपछि औपचारिक रुपमै नयाँ दल निर्वाचन आयोगमा दर्ता गरिने छ”, प्रचण्डले भने।



