🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

छलकपट र कालो धनले बनायो मुख्यमन्त्री !!

काठमाडौं । सरकार बनाउन र ढाल्न सांसद खरिदबिक्रीको सुरुवात २०५२ मा शेरबहादुर देउवाले सुरु गरेका थिए । २०५१ को मध्यावधि निर्वाचनमा २० सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुलाई कहिले कांग्रेस त कहिले एमालेले प्रलोभन दिएर सरकार बनाएका थिए । त्यसबेला सांसदहरुलाई बैककसम्म लगिएका समाचार सार्वजनिक भए । त्यो हङ पार्लियामेन्टमा सांसद खरिदबिक्री भए पनि त्यसपछि त्यस्ता कुरा सुनिएका थिएनन् । तर हालै भएको मुख्यमन्त्रीको निर्वाचनमा सांसद खरिदबिक्री भएको खुलासा भएको छ । एमालेको संस्थापन पक्षले पार्टी सचिव भीम आचार्यलाई १ नम्बर प्रदेशको मुख्यमन्त्रीमा हराउन सांसद खरिदबिक्री गरेको आरोप छ । 

१ नम्बर प्रदेशको मुख्यमन्त्रीको निर्वाचनमा शेरधन राईलाई जिताउन संस्थापन पक्षले अम्बिरबाबु गुरुङमार्फत् करोडौं रकम खर्च गरेको आरोप लागेको हो । माधव नेपाल पक्षको ३२ मत हुँदाहुँदै पनि मुख्यमन्त्रीका उम्मेदवार भीम आचार्य २ मतले पराजित भए । राईले २६ मत पाएर मुख्यमन्त्री जिते भने आचार्यले २४ मत पाए । १ मत बदर भएको थियो । राजन राईले शेरधनलाई जिताउन जानीजानी मत बदर गराएका थिए ।

 शेरधन राई जिताउन माधव नेपाल पक्षका ९ मत खरिदका लागि ओखलढुंगाबाट जितेका प्रदेशसभाका सांसद अम्बिरबाबु गुरुङले रकमको प्रबन्ध गरेको बुझिएको छ । माधव नेपाल पक्षका जीवन घिमिरे, राजकुमार ओझा, उदयपुरकी कला घले, इलामका राम राना र खिनु लङ्वा र खोटाङका राजन राईलाई आर्थिक प्रबन्ध गरी शेरधन राईको पक्षमा मत हाल्न लगाइएको माधव नेपाल पक्षका नेताले खुलासा गरेका छन् ।

झापाका एक र मोरङका १ जना सांसदले पनि राईलाई मत दिएको तर कसले दियो भन्ने एकीन गर्न भीम आचार्यको समूहले गर्न सकेको छैन । जीवन घिमिरेमाथि गुटलाई धोका दिएर ५० लाख नै लिएको आरोप छ । राजन राई, कला घले, खिनु लङ्वा र राजकुमार ओझासहितले ३० देखि ३५ लाख लिएको आरोप आचार्य पक्षले लगाएको छ । 

धनकुटाका विनादेवी राई र निरन राईले पनि शेरधन राईलाई मत दिएका छन् । तर उनीहरु आर्थिक प्रलोभनमा नभएर शक्तिकेन्द्रको दबाबमा परेर दिएको सूचना भीम आचार्यले पाएका छन् । इलामका राम रानालाई मन्त्रीको आश्वासन दिइएको शेरधन निकट स्रोत बताउछ । 
(२०७४ फागुन ७ गतेको साँघु साप्ताहिकबाट)