🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

अफगानिस्तान युद्ध : तालिवानद्वारा विजयी भएको घोषणा 

काठमाडौं । अफगानिस्तानको चरमपन्थी तालिवानले विजयी भएको घोषणा गरेको छ । अफगानिस्तानका एकपछि अर्को राज्य कब्जा गर्दै काबुल पसेर राष्ट्रपति कार्यालयमा नियन्त्रण जमाएको तालिवानले विजयी भएको घोषणा गरेको हो । 

तालिवानका एक प्रवक्ताले अलजजिरासँग कुराकानी गर्दै आफूहरूको जित भएको र अफगानिस्तानको युद्ध सकिएको जनाएका छन् । 

‘हामीले हाम्रो देशको मुक्ति र जनताको स्वतन्त्रता चाहेका थियौं । त्यो प्राप्त गरेका छौं,’ तालिवानी प्रवक्ताले भनेका छन् । 

विदेशी शक्तिहरूले असफलताबाट पाठ सिकेर उस्तै गल्ती दोहोर्याउने साहस नगर्ने उनले बताएका छन् ।

अफगानिस्तानमा रसियादेखि अमेरिकासम्मका राष्ट्र सहभागी हुँदा कुनैले पनि युद्ध जित्न सकेनन् । 

तालिवानले विजयी घोषणा गर्नुअघि नै त्यहाँका राष्ट्रपति असरफ घानीले देश छाडेका थिए । उनी छिमेकी मुलुक उज्बेकिस्तानतर्फ लागेको बताइएको छ । 

योसँगै त्यहाँको सरकार पनि ढलेको छ । 

२० वर्षपछि तालिवानले काबुलमा नियन्त्रण जमाएपछि सर्वसाधारण त्रसित बनेका छन् ।