🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

थाइल्यान्ड र कम्बोडियाबीच तनाव : १२ जनाको मृ त्यु

एजेन्सी । थाइल्यान्ड र कम्बोडियाबीच सीमा क्षेत्रमा सैन्य झडप भएपछि स्थिति तनावपूर्ण बनेको छ । झडपमा ११ थाई नागरिक र एक सैन्य कर्मचारीको मृत्यु भएको थाई स्वास्थ्यमन्त्रीले जनाएका छन् ।

झडपमा एक सैनिक र ११ जना सर्वसाधारणको ज्यान गएको हो । थाइल्यान्डले आफ्ना सबै नागरिकलाई कम्बोडिया छाड्न भनेको छ ।  जसका कारण कम्बोडियासँगको सम्पूर्ण सीमा बन्द गरिएको छ ।

यता, कम्बोडियाले भने थाइल्यान्डमाथि ‘अत्यधिक बल’ प्रयोग गरेको आरोप लगाउँदै बैंककसँगको सम्बन्धलाई कमजोर बनाएको जनाएको छ । 

कम्बोडियाले थाई गाउँमा रकेट प्रहार गरेको र एक अस्पतालमाथि आक्रमण गरेको आरोप लागेको छ । त्यस्तै थाइल्यान्डले कम्बोडियाली सैनिक क्षेत्रलाई निशाना बनाएर हवाई हमला गरेको जनाएको छ ।