🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

गोविन्दराज जोशीको कारबाही फुकुवा हुने

काठमाडौं । नेपाली कांग्रेस आसन्न १४ औं महाधिवेशनको संघारमा छ । कोरोना संक्रमणको दर बढ्दै गएकाले आगामी भदौ १६ देखि १९ सम्म तोकिएको महाधिवेशन हुने नहुने टुंगो छैन । महाधिवेशन भएमा कांग्रेसबाट निष्कासनमा परेका पूर्वमन्त्री गोविन्दराज जोशीको कारबाही फुकुवा हुने भएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा जोशीको कारबाही फुकुवा गर्न लगभग सहमत भइसकेको स्रोतले बताएको छ । जोशीलाई २०७४ मंसिर २१ गते भएको प्रतिनिधिसभाको चुनावमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलकाविरुद्ध बागी उम्मेद्वारी दिएपछि पार्टीबाट निष्काशन गरिएको थियो । जोशीको कारबाही फुकुवा गर्न देउवामाथि अन्तर्राष्ट्रिय दबाब पनि परेको स्रोत बताउछ ।

जोशीलाई १४ औं महाधिवेशन अगाडि नै कारबाही फुकुवा गरी आफ्नो पक्षमा परिचालन गर्ने योजना देउवाको छ । जोशीकाविरुद्ध सर्वाेच्च अदालतमा भ्रष्टाचारको मुद्दा छ । जुन मुद्दा अहिलेसम्म टुंगिएको छैन ।

देउवाविरुद्ध कोइराला परिवारबाट डा.शेखर कोइराललाई सभापतिको उम्मेद्वार बनाउने तयारी भएको छ । उपाध्यक्ष विमलेन्द्र निधिलाई देउवाको कित्ताबाट अलग गराई सभापतिमा उम्मेद्वार बनाउने शक्तिले देउवा हराउन डा.शेखरलाई अगाडि सारेको चर्चा छ । नेपाली कांग्रेसको सभापति हुन महाधिवशेन प्रतिनिधिको ५० प्रतिशतभन्दा बढी मत आवश्यक हुन्छ ।

पहिलो चरणमा पराजित भएपछि निधिलाई शेखरको पक्षमा उभ्याउने र देउवालाई हराउने रणनीति भारतीय पक्षको रहेको बुझाई कांग्रेस संस्थापन पक्षभित्र छ । त्यसैकारण देउवा जोशीको कारबाही फुकुवा गर्ने तहमा पुगेका हुन् । कांग्रेसको महाधिवेशनको मिति अब डेढ महिनामात्र बाँकी छ तर वडा, पालिका, जिल्ला र प्रदेशको अधिवेशन डेढ महिनाभित्र हुन सम्भव छैन ।

त्यही भएकाले कार्यकाल थप्ने बारेमा पनि छलफल भइरहेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पार्टीमा दुईवटा अध्यक्षको प्रावधान ल्याएर कांग्रेसको महाधिवेशन एक डेढ वर्ष धकेल्ने पक्षमा छन् । महाधिवेशन भएमा देउवा विरोधी पक्षबाट सभापतिको उम्मेद्वार पनि नहुने र तनहु“बाट चुनाव पनि नजित्ने भएकाले पौडेल दुईवटा अध्यक्ष बनाएर जाने पक्षमा देखिएको चर्चा छ ।