नुवाकोट,२०७८ असार २७ गते । बिदुर नगरपालिका-८ राईसिंह बस्ने दुर्गा अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका-१३ बस्ने ३८ वर्षीय दिनेश खड्का लगायत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २९ हजार ७ सय ६५ रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।



