🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

  प्रधानसेनापतिद्वारा दुई जर्नेललाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं, भदौ १८ । नेपाल सेनामा हालै भएको पदोन्नतिसँगै नव–उपरथी र सहायक रथी(जर्नेल)हरुलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ।

\"\"

२०८२ भदौ ९ गतेदेखि उपरथी दर्जामा पदोन्नति पाउनुभएका सहायक रथी भोला नाथ थापालाई भदाै १८ गते  बुधबार जंगी अड्डामा आयोजित विशेष समारोहबीच दर्ज्यानी चिन्ह प्रदान गरिएको हो। पदोन्नतिसँगै उपरथी थापा निरीक्षणाधिकृतमा नियुक्त हुनुभएको छ।

त्यस्तै, प्राविधिक सेवातर्फ सहायक रथी दर्जामा पदोन्नति हुनुभएका प्राविधिक महासेनानी विश्व बन्धु पहाडीलाई पनि प्रधानसेनापति सिग्देलले दर्ज्यानी चिन्ह लगाइदिनुभयो।

कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, विभिन्न तहका अधिकृत, पदोन्नति पाउनुभएका अधिकृतका परिवारजन तथा अन्य सैनिक अधिकारीहरूको उपस्थिति थियो।

प्रधान सेनापति सिग्देलले नव–पदोन्नत अधिकृतहरुलाई बधाई दिँदै राष्ट्रको रक्षा, सुरक्षा र संस्थागत मर्यादाप्रति अझ समर्पित भएर काम गर्न प्रेरणा प्रदान गर्नुभयो। उहाँले नेपाली सेनामा बढ्दो जिम्मेवारी र चुनौतीहरूलाई व्यावसायिक दक्षता, अनुशासन र इमानदारीका साथ सामना गर्नुपर्नेमा जोड दिनुभयो।

नेपाल सेनाले प्रत्येक पदोन्नति प्रक्रियालाई संस्थागत नियमावलीअनुसार पारदर्शी र प्रतिस्पर्धात्मक रुपमा अघि बढाउँदै आएको छ। यो परम्परा र प्रणालीगत सुधार सेनाको कार्यक्षमता र संगठनात्मक एकताको आधारस्तम्भ मानिन्छ।