🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सिलवालको मुद्दा दर्ता गर्न सरकारी वकिलद्वारा अस्वीकार : फेरि महान्यायाधिवक्ताकोमा गलफत्ती !!

काठमाडौं, फागुन २।   नवराज सिलवालबिरुध्द सम्पूर्ण शक्ति प्रयोग नगरेको र नवराल सिलवाललाई तत्कालै पक्रेर खोरमा नहालेको भन्दै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रवीन्द्र धानुकलाइ फालेर एसएसपी विश्वराज पोखरेललाई ल्याउनासाथ नवराज सिलवालले कीर्ते गरेकै हो भन्ने मुद्दा बनाएर सरकारी वकिलसमक्ष पेश गरेका छन् ।

कागजात कीर्ते काण्डमा जबरजस्ती फसाउने नियतले महानगरीय प्रहरी परिसर काठमाडौंलाई दवाब दिएर फागुन २ गते काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा प्रस्तुत गरिएको छ।  सरकारी वकिलको  कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गर्न अस्वीकार गरेपछि सो मुद्दा सरकारी वकिल कार्यालयले आज अध्ययन गरेर महान्यायाधिवक्ताको कार्यालयमा पठाउने छ। 

महान्यायाधिवक्ताको कार्यालयबाट मात्र  सांसद नवराज सिलवालको मुद्दा   काठमाडौं जिल्ला अदालतमा दर्ता हुने छ।  सांसद नवराज सिलवाल कागज पत्र कीर्ते गरेको ठहर भएमा अधिकतम सजाय एक वर्ष हुने छ।  तर, देउवा सरकारले ब्यक्तिगत् रिसइवी  साँधेर नवराजलाई  फसाउन खोजेको कुरा सारा संसारलाई थाहा भएकाले नयाँ आउने सरकारले सरकारवादी मुद्दा फिर्ता लिने छ।  

धेरै बनिबनाउ भन्दै सरकारी वकिल कार्यालयका कर्मचारिरीहरुले  ''जिल्ला अदालतमा यो मुद्दा दर्ता गर्न सक्दैनौ, तपाइहरुले   गर्ने भए त्यतै पठाई दिन्छौं'' भन्दै महान्यायाधिवक्ताको कार्यालयमा  मुद्दा पठाउने तयारी गरिएको बुझिएको छ।