काठमाडौं, फागुन २ । भरे-भोलि नै सरकार हट्ने भएकोले सरकार हट्नुअघि नै मौका छोपेर हतार-हतारमै न्यायपरिषदको बैठक बोलाउन र न्यायाधीशहरु नियुक्ति गरिहाल्न प्रधानन्यायाधीश गोपाल पराजुलीले दबाब दिएपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले असहमति जनाउँदै बिदा बसेका छन् ।
दीपकराज जोशीले रिजर्भेरशन राखेपनि मौका छोपेर न्यायाधीश नियुक्ति गरिहाल्ने भन्दै आज बुधबार न्यायपरिषदको बैठक राखिएको छ।
सर्वोच्च अदालतमा १, उच्च अदालतमा ११ र जिल्ला अदालतमा ८ जना न्यायाधीश सिफारिस गर्ने तयारी छ।
सरकार हट्नलागेको बेलामा विवादित प्रधानन्यायाधीशले न्यायाधीशहरु नियुक्त गर्नका लागि न्यायापरिषदको बैठक राखेको ठाडै गलत छ भन्दै अधिवक्ता र वरिष्ठ अधिवक्ताहरुको ठूलो समूह न्यायपरिषद कार्यालयको ढोका अगाडि आज धर्ना बसेको खबर छ।



