काठमाडौं, माघ २९ \\ एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक भर्खरै सकिएको छ। अध्यक्षद्वयले पार्टी एकता र नयाँ सरकारको विषयमा छलफल गरेका छन्।
एमाले पहिलेभन्दा धेरै लचीलो भएर प्रस्तुत भएको र बार्ता निकै सकारात्मक भएको श्रोतले बतायो। नयाँ सरकार गठन अगाडि नै एकताको प्रारम्भिक रुपरेखा कोर्ने सम्भावना बनेको समेत् श्रोतले जानकारी दिए।
हिजो आइतबार पार्टीकार्यालयमा बसेको एमाले स्थायी कमिटीको बैठकले पनि फागुन महिनाभित्रै पार्टी एकता टुङ्ग्याइसक्ने निर्णय गरेको थियो।



